अत्तरिया – कैलालीको जानकी गाउँपालिकाबाट फरार प्रतिवादी पक्राउ परेका छन । धारीलो हतियार प्रहार गरी घाइते बनाएर फरार भएको आरोप लागेका जानकी गाउँपालिका – ९ वुर्वी खैरीफाँटाका २७ बर्षीय रमेश माझी प्रक्राउ परेका हुन ।

पक्राउ परेका माझी सहित ५ जना माथि स्थानीय २१ बर्षीय आकाश विक र २७ बर्षीय ललित विक माथि धारीलो हतीयार प्रहार गरी घाइते बनाएको आरोप छ ।

माझी सहितका ५ जनाले पुस ३० गते आकाश र ललित माथि धारीलो हतीयार प्रहार गरी घाइते बनाएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आरोपित माझिलाई मंगलबार प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।


















