कञ्चनपुर – कञ्चनपुरको दैजी–बेलडाडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेलाडाडी गाउँपालिका–२ का ८ वर्षीय स्बन्धन ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलडाँडीबाट महेन्द्रनगरतर्फ आइरहेको सु.प.प्र.०२००३ प ४६७१ नम्बरको मोटरसाइकल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बर्निखेडा आर्मी ब्यारेकनजिकै अनियन्त्रितभएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताए ।

मोटरसाइकलमा सवारी बेलडाँडी गाउँपालिका २ की ८ वर्षीय अर्चना जोशी र भीमदत्त नगरपालिका ६ का टेकराज जोशी गम्भीर घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए ।















