धनगढी – कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिर्जनाको सिँचाई नहरमा डुबेर मृत्यु भएको हो ।
१४ वर्षीया सिर्जना नाथ योगीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमामा मृत्यु भएको प्रहरीले बताएको छ ।