चौकिडाँडा–ओलानी–फल्टुडे सडक : थप ३ किलोमिटर कालोपत्रे गर्न सम्झौता

अत्तरिया – कैलालीको चौकीडाँडा–ओलानी–फल्टुडे सडक अन्तरगत थप ३ किलोमिटर कालोपत्रे गर्न सम्झौता भएको छ । प्रदेश सरकार भौतिक मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालयले थप ३ किलोमिटर कालोपत्रे गर्न सम्झौता भएको हो ।

maya metro hospital

हाल उक्त सडक अन्तरगत मालाखेती देखि गोदावरी नगरपालिका – १० को वडा कार्यालय सम्म ढाइ किलोमिटर सडक कालोपत्रेको काम निर्माणाधिन अवस्थामा रहेको छ ।

citizen security services

सडक पुर्वाधार विकास कार्यालय धनगढीका सवईन्जिनियर ओमप्रकाश जोशीले वडा कार्यालय देखि थप ३ किलोमिटर माथि सम्म कालोपत्रे गर्नको लागि ठेक्का सम्झौता भएको बताए । उनले सडक निर्माणका लागि शुक्रबार तेडी निर्माण सेवा संग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको बताए । उक्त सडक निर्माणको म्याद १८ महिना तोकिएको छ ।

attariya hospital

महाकाली राजमार्गको वैकल्पिक सडकको रुपमा अगाडी सारिएको चौकिडाँडा फल्टुडे सडक निर्माणको गति भने निकै सुस्त रहेको छ । चौकिडाँडा देखि फल्टुटे ३८ किलोमिटर दुरी रहको छ । जुन महाकाली राजमार्ग भन्दा २८ किलोमिटर कम हो । जसका कारण यसलाई फल्टुडे जोड्ने फास्ट ट्र्याकका रुपमा पनि हेरिएको थियो । तर, २ दशक अगाडी उक्त योजना अगाडी सारीएको भएपनि हाल सम्म प्रगति भने न्यून छ ।

सुदूरपश्चिम प्रदेश सरकारले उक्त सडकलाई क्रमागत रुपमा अगाडी बढाउने भन्दै २०७७ देखि मालाखेतीमा जिरो पोइन्ट राखेर पहिलो खण्डको काम सुरु गरेपनि उक्त काम निकै सुस्त छ ।

जिरो पोइन्ट देखि ढाई किलोमिटर सडक निर्माणका लागि पुर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि बीच २०७७ भदौं १८ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नु पर्ने थियो । तर, उक्त समयमा काम नसकिएपछि २०८० अषाढ मसान्तमा सक्नेगरी म्याद थप गरिएको भएपनि कामको प्रगति भने संन्तोषजनक छैन् ।

सवईन्जिनियर जोशीले उक्त सडकको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा रहेको बताए । उक्त सडक निर्माणका लागि एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो । १२ मिटर चौडाइको उक्त सडकमा ७ मिटर क्षेत्र कालोपत्रे हुने जनाइएको छ ।

दुवै योजनाको काम सकिएमा ओलानीको गौडीसम्म कालोपत्रे सडक पुग्ने वडा नम्बर ११ का पुर्व अध्यक्ष शिव विकले बताए । उनले फल्टुडे सम्म निर्माण हुनुपर्ने सडक तत्काललाई गौडीबजार सम्म निर्माण भएपनि आवतजावतमा सहज हुने बताए ।

गौडी सम्म सडक कालोपत्रे भएमा गोदावरी नगरापालिका १०, ११ र १२ वडा बासी लाभान्वित हुने छन् । करिब १६ हजार जनसंख्या रहेको उक्त क्षेत्र जोड्ने सडक नहुँदा त्यस क्षेत्रका जनताले अत्तरिया आउन निकै सास्ती खेप्दै आएका छन । मोहना सिंँचाइ आयोजना बनेपछि नहरको किनारै किनार निर्माण गरिएको बाटो प्रयोग गर्दै आएका उक्त क्षेत्रका जनताले सुख्खा मौसममा धुलो र बर्षादमा हिलोको सास्ती खेप्नु परेको छ । सो क्षेत्र जोड्ने सडकको चर्चा बढी हुने तर, काम नहुँदा हाल सम्म पनि स्थानीयले बाटोको सास्ती भोग्दै आएका हुन् ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.