खाेज्नुहाेस

संगठित हुँदै सुदूरपश्चिमका पूर्व जनमुक्ती सेना

Image

अत्तरिया – स्वच्छिक अवकास लिएर माओवादी शिविरबाट बाहिरीएका नेप बहादुर चौधरीलाई ११ बर्ष पछि पहिलो पटक पुर्व सहयोद्धा संग भेटघाट गर्ने अवसर जुर्यो । दशक बितिसकेपछि पुनः १० बर्षे जनयुद्धका सहयोद्धाहरु भेटेका उनी शनिबार अत्तरियामा आयोजित पुर्व जनमुक्ति सेनाको प्रदेश स्तरिय भेलामा सहयोद्धा भेटेपछि खुसि मात्रै भएनन् पुराना दिन सम्झेर भावह्विल पनि भए ।

‘स्वच्छिक अवकास लिएपछि पुनः भेट होला की नहोला भन्ने कैतुहलता थियो । अवकास लिएर फर्किदै गर्दा आँखाबाट आसु पनि झरेको थियो’ उनले भने ‘आज संयोगले पुराना सबै कमाण्डरसंग भेट भएको छ । त्यसैले आज म आसु झारेर छुट्टिएको दिन स्मरण गर्दै सुखिको दिनका रुपमा लिएको छु ।’

attariya hospital

हाल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका उनले सुदूरपश्चिमका पुर्व जनमुक्ति सेनाको पहिलो भेला भएको बताए । भेलाका प्रमुख अतिथि समेत रहेका चौधरीले प्रदेश स्तरिय पुर्व जनमुक्ति सेनाको भेला भने पुर्व योजना अनुसार नै भएको बताए ।

‘अरु हिसावले भेटघाट भएपनि पुर्व जनमुक्ति सेनाको व्यानेरमा पहिलो पटक भेटघाट हुँदैछ । यसलाई अपठ्यारो पर्दाको बखतको भेटका रुपमा भने नलिऔं’ उनले भने ‘स्वैच्छिक अवकास लिएका, बर्हिगमित जनमुक्ति सेना, सेनाबाट अवकास पाएका पुर्व जनमुक्ति सेनाले योजनावद्ध तरिकाले तत्कालिन ब्रिगेड कमाण्डर दर्शनलाई जिम्मा दिएका थियौ । सोही अनुसार सुदूरपश्चिममा पुर्व जनमुक्ती सेना भेला भएका हौ ।’

उनले कार्यक्रम गर्दा केही सन्दर्भ जुरेको भएपनि त्यसलाई अन्यथा नलिन आग्रह गरे । उनले भने ‘विगतमा हामी जुन उद्देश्यका साथ संघर्षमा होमियौ । तर, हामीले सोचेजस्तो सहज जित हासिल गर्न नसकेपनि हामीले प्रतिक्रिया बादी राज्य शत्तालाई परास्त गर्न भने सफल भयौ ।’
उनले जनयुद्धको योजना अनुसार सफलता हासिल सकेको भए अहिलेको अवस्था नआउने बताए । उनले विस्तृत शान्ति सम्झौता अनुसार अगाडी बढेकाले सोही अनुसार आजको दिनमा पनि अगाडी बढ्न प्रतिवद्ध रहेको बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम बैंकले पुर्व जनमुक्ती सेना एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । उनले पुर्व जनमुक्ति सेना अब चुनावमा पनि एक भएर लाग्न आवश्यक भएको बताए । ‘अब माओवादी पार्टीलाई पुनः पहिलेकै अवस्थामा पुगाउन जनमुक्ती सेनाको ठूलो भूमिका हुन्छ । अब जनमुक्ति सेनालाई राजनीतिमा जोडेर अगाडी बढ्न आवश्यक रहेको छ’ उनले भने ‘अब कांग्रेस एमालेको पछि लाग्नुभन्दा माओवादी नै एक भएर अगाडी बढ्न सकिन्छ । यसका लागि बसै पुर्व जनमुक्ति सेना एक हुन आवश्यक छ ।’

भेला पुर्व जनमुक्ति सेना एक भएर अगाडी बढ्न विक्रम सिंह कुँवर (सम्भव) को संयोजकत्वमा पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिम प्रदेशको तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा नरेश महरा (अजय) चयन भएका छन । समितिमा अन्य १३ जना सदस्यमा चयन भएका छन । जसमा लक्ष्मण कुयाल (माइकल) कञ्चनपुर, जयन्ती जैसी जेठारा, गणेश विक डडेल्धुरा, रमेश भण्डारी बैतडी, प्रकाश देउवा डोटी, चक्र रोकाया अछाम, देविजंग बुढा बझाङ, चन्द्र बहादुर सुनार बाजुरा, गणेश धामी दार्चुला, टेकेन्द्र साउँद, हंश प्रसाद न्यौपाने कैलाली, दिपक विसी र मनराज शाही रहेका छन् ।

navjiwan hospital

भेलाले राम बहादुर देवकरको संयोजकत्वमा इतिहास लेखन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा गम्बिर थापा, मिन बहादुर घर्ती, लाल बहादुर भाट, तुल्सी शर्मा, दिपक खत्री र असल बुढा रहेका छन् ।

भेलाले दुर्गा बडुवालको संयोजकत्वमा प्रतिष्ठान र नेप बहादुर थारुको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

संघर्षमा उत्रिने चेतावनी

यसैबीच पुर्व जनमुक्ति सेना सुदूरपश्चिम प्रदेश समितिले शान्ति प्रक्रिया विपरित कदम चालिए संघर्षमा उत्रिने चेतावनी दिएको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्नै पुर्व जनमुक्ती सेना नेपालले स्थायी शान्ति र विकास समृद्धिको लक्ष्य पुरा गर्ने राष्ट्रिय अभियान भन्दा बाहिर गएर शान्ति प्रक्रिया देश र जनताको भावना विपरित कदम चालिए जनमुक्ति सेना नेपाल जुनसुकै संघर्षका कदम चाल्न सक्ने जनाएको छ ।

प्रेस विज्ञप्तीमा पछिल्लो समय शान्ति सम्झौता विपरित कार्य भएको भन्दै त्यसको निराकरण सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत हुनुपर्ने माग गरिएको छ ।

‘बाह्र बुदे सहमती, विस्तृत शान्ति सम्झौता, अन्तरिम संबिधान, संक्रमणकालिन न्यायको सिद्धान्त विरुद्ध हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड लगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरुमाथि युद्धकालिन झुट्टा मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत युद्धकालिन मुद्दाहरुको यथासिघ्र सामाधान गरियोस्’ ज्ञापन पत्रमा भनिएको छ ‘पूर्व जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको मान्यता पूर्व वाईसीएल र बहिर्गमित सेनाको उचित व्यवस्थापन, घाइते/अपाङ्गता भएकाहरुलाई उपचार, राहत र व्यवस्थापन, सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा, उनीहरुका परिवारको भरणपोषणको उचित व्यवस्थापन बेपत्ताको खोजी र उनीहरुका परिवारलाई क्षतिपुर्ती र व्यवस्थापन गरियोस् ।’

सुदूरपश्चिमका पुर्व जनमुक्ती सेनाको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सोडारी (दर्शन) ले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । भेलामा प्रदेश भरीका करिब २ सय जना पुर्व जनमुक्ती सेनाको सहभागिता रहेको थियो ।