खाेज्नुहाेस

रोकियो अविश्वास र अस्थिरताको यात्रा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले ५ बर्ष चलाए । अन्य प्रदेश सरकार हेरफेर भइरहे पनि सुदूरपश्चिममा भने एकल बहुमत नहुँदा पनि भट्टले पुरै कार्यकाल आफैले सरकार चलाए । यद्दपी नेकपा एमाले र माओवादी एक भएर बनेको नेकपा हुँदा भने भट्टको पार्टी संग बहुँमत थियो । तर, नेकपा धेरै समय टिक्न सकेन् ।

दोस्रो कार्यकालका लागि बैशाख ३० गते निर्वाचन सम्पन्न भयो । दोस्रो पटक भएको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन् । जसका कारण केन्द्रमा हुने गठबन्धनका आधारमा प्रदेशमा सरकार बनाउनु पर्ने अवस्था सिर्जना भयो । जसअनुसार माओवादी, नागरिक उन्मुक्ति पार्टी, राप्रपाको समर्थनमा एमालेका राजेन्द्र सिह रावल मुख्यमन्त्री बने । पुस २७ गते मुख्यमन्त्री बनेका रावलले संबिधान अनुसार १ महिना भित्र विश्वासको मत लिनुपर्ने थियो । तर, माघ २६ गते १ महिना पुग्दा सम्म रावलले विश्वासको मत लिन सकेनन् । अनी पहिलो पटक सुरु भयो अस्थिर राजनीति ।

attariya hospital

त्यसपछि माघ २६ गते नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त भए । उनलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको थियो । तर, उनीसंंग सरकार चलाउने बहुमत थिएन् ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पछि विश्वासको मत नदिएर एमालेको सरकार ढलेको थियो । त्यसपछि संबैधानीक व्यवस्थाअनुसार स्वतः मुख्यमन्त्री बनेका शाहले पनि विश्वासको मत पाउने आधार बनेको थिएन् । जसले गर्दा प्रदेश मध्यावधिमा जाने चर्चा पनि चले ।

तर, एकाएक केन्द्रमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री शाहको भाग्य खुलेजस्तै भयो । केन्द्रकै समिकरण अनुसार प्रदेश चल्नुपर्ने बाध्यताले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन राहत दियो ।

navjiwan hospital

पहिलो प्रदेश सभामा सबै प्रदेशमा सरकार अस्थिर बनिरहदाँ सुदूरपश्चिममा स्थिर सरकार बनेकोमा दोस्रो प्रदेश सभाबाट अन्य प्रदेशका सबै सरकारले पहिलो पटकमै विश्वासको मत पाउँदा सुदूरपश्चिममा अस्थिरताको विजारोपण भएको थियो । तर, सत्ता समिकरण फेरिपछि प्रदेशमा स्थायित्वको जग बस्ने आशा जागेको छ ।

प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका शाहले दुई तिहाइ मत पाएका छन । जसका कारण कम्तिमा ढाइ बर्ष यसै सरकारले निरन्तरता पाउने सुनिश्चितता भएको छ । विश्वासको मत लिने समय सकिनु ४ दिन अघि नै विश्वासको मत लिएका शाहले दुइ तिहाइ मत पाएका छन ।
उनलाई कांग्रेस सहित नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन । ५३ प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्री शाहले ४१ मत पाएका छन ।

उनको विपक्षमा नेकपा एमालेका १० र राप्रपाका १ प्रदेश सभा सदस्यले मतदान गरेका छन । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

लामो आरोह अवरोह पछि सुदूरपश्चिममा स्थायी सरकार बनेको छ । स्थायी सरकार बनेपछि लामो समयदेखिको अविश्वास र अस्थिरताको यात्रा रोकिने अपेक्षा गरिएको छ । सरकार स्थिर नहुँदा निर्वाचन भएको १० महिना बितिसक्दा पनि सुदूरपश्चिम सरकारका मन्त्रालयले पुर्णता पाउन सकेका थिएन् । अव प्रदेश सरकारको मन्त्रिमण्डलले पुर्णता पाएर सरकारले गति लिने यस क्षेत्रमा आम नागरिकले अपेक्षा गरेका छन ।

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले संक्षिप्त प्रतिक्रिया दिदै आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।