अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा प्रहरीले खेलेको भूमिकाप्रती यस क्षेत्रका नागरिकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । अत्तरिया क्षेत्रको शान्ति, सुरक्षा कायम गर्नको लागि डिएसपी नेतृत्वको इलाका प्रहरी कार्यालय रहेको भएपनि अपेक्षित शान्ति सुरक्षाको अवस्थामा सुधार आउन नसकेको भन्दै यस क्षेत्रका नागरिकले असन्तुष्टी व्यक्त गरेका हुन ।
स्थानीय राजनीतिकर्मी टंक प्रशाद कोइरालाले अत्तरिया क्षेत्रमा बढ्दै गएको वेश्वावृति नियन्त्रणमा आउन नसकेको बताए । उनले पछिल्लो समय अत्तरिया क्षेत्र वेश्वावृतिका नाममा चिनिन थालेको बताए । उनले अपराधिक घटनामा राजनीतिक करण गरिदा पनि यस क्षेत्रमा अपराधका घटना नियन्त्रणमा आउन नसकेको बताए । सामाजिक अभियन्ता दुर्गा कुमार पोखरेलले अत्तरिया क्षेत्रमा वेश्यावृत्ती मौलाउँदै गएकोले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना देवी चोखालले दर्ता नै नभएका होटलहरुले वेश्यावृत्ती गर्दै आएकाले त्यसको नियन्त्रणका गर्न प्रहरी चनाखो हुनुपर्ने बताइन् ।
राजनीतिकर्मी नन्द लाल भट्टले खुला सीमानाका कारण पनि यस क्षेत्रमा विकृति विसंगती बढेको बताए । उनले भारतबाट नै ड्रक्स नेपाल भित्रिरहेको बताए । उनले प्रहरीले प्रहरीले गरेका काम कम्तिमा ३/३ महिनामा सार्वजनिक गरिनुपर्ने बताए ।
राजनीतिकर्मी लोक राज पाण्डे आगोले अत्तरियामा धेरै चोरीका घटना भएपनि नियन्त्रण हुन नसकेको बताए । उनले प्रहरीले चोरीका घटनामा २÷३ प्रतिशत पनि काम भएको जानकारी नपाएको बताए । उनले अत्तरियामा प्रहरीकै अगाडी गोलि प्रहार गरेर व्यवसायी घाइते भएपनि त्यसको अनुसन्धानमा प्रहरी चुकेको बताए । ‘अत्तरिया धेरै लुटिएको छ । यहाँ खुल्ला रुपमा अपराधि घुमेका छन’ उनले भने ‘अत्तरियामा चारैतिर सुरक्षाकर्मी बस्ने भएपनि यस क्षेत्रको सुरक्षा शुन्य छ ।’

राजनीतिकर्मी बसन्त रोकायाले अत्तरिया क्षेत्र मिश्रित बस्ती बस्ने सामाज भएकाले यहाँको सुरुक्षा चुनौती बढी भएको बताए । उनले आफूले राजनीतिको बलमा कुनै प्रहरीमाथि दवाद दिने काम नगरेको बताए ।
डिएसपी गणेश बराल इलाका प्रहरी कार्यालयमा आएपछि उनले बिहिबार यस क्षेत्रका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधी तथा सर्वसाधारण संग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले प्रहरीलाई दवावमा नपरी वास्तविक अपराधीलाई कार्वाहि गर्न आग्रह गरीन् । ‘कसैको पार्टीको दवाव डर धाक नमानि जो पीडित छ त्ससलाई न्याय दिनुहोला’ उनले भनीन् ‘धेरै ठाउँमा प्रभावितले न्याय पाएको हुँदैन पिडकले न्याय पाएको हुन्छन । आगामी दिनमा यस्तो नहोस् ।’
डिएसपी बरालले शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नेमा आफु आसावादी रहेको बताए । उनले नागरिक पनी बर्दीबिनाको प्रहरी नै भएकोले हरेक कुरामा चनाखो भएर बस्नुका साथै प्रहरीलाई सकरात्मक सहयोग गर्नुपर्ने बताए ।
अपराध भएपछी अनुसन्धान गर्नुभन्दा अपराध हुन नै नदिनु बेस हुने भन्दै उनले आफ्नो जिउज्यान, व्यापार व्यवशाय लगायत धनसम्पत्तिको ख्याल गर्न आग्रह गरे । समाज सुधारकालागी सञ्चारमाध्यमको भूमीका पनी महत्वपुर्ण भएको उनले बताए ।
उनले आगामी दिनमा देखिने गरी काम गरेर कम्तिमा ३ महिनामा प्रहरीले यस क्षेत्रमा गरेका काम सार्वजनिक गर्ने बताए ।



















