बुवाआमा नहुँदा ओलानीका पुनम पुजाको बिचल्ली

अत्तरिया – कैलालीको अत्तरिया चोकदेखि करिब १३ किलोमिटरको दुरीमा पुरानो थोत्रो घरमा बस्दै आएकी पुजा बिक र पुनम बिकको अवस्था नाजुक बन्दै गएको छ ।

maya metro hospital

बुवाआमा नभएकी दुवै बालिकाहरुको अहिले बिचल्ली छ । हाल वृद्ध हजुरआमाले उनीहरुको हेरचाह गर्दै आईरहेकी छन् । घरमा आम्दानीको स्रोत नहुँदा उनीहरुको अवस्था झन–झन बिग्रिदै गएको छ ।

joshi vada pasal 2

गोदावरी नगरपालिका – १२ मा बस्दै आएकी पुजा अहिले कक्षा ५ मा पढ्दै आईरहेकी छन् भने पुनम कक्षा २ मा पढ्छिन । १२ वर्ष पुगेकी पुजाले बुवाको अनुहारसम्म चिन्न नसकिने अवस्थामा एक्लिनुप¥यो । उनका बुवा डिल्ली बिकको करिब २३ वर्षको कलिलो उमेरमा भारतमा हत्या हुँदा उनको उमेर करिब ४ वर्ष थियो । ४ वर्षकी पुजालाई बुवालाई के भयो भन्ने सम्म थाहा थिएन । ३ महिने बहिनि र आमासँग बसेकी उनी त्यतिबेला एक्लि भईन, जब उनको आमाले पनि उनलाई छोडेर गईन् ।

उनको आमाले श्रीमानको मृत्यु भएको करिब ४ वर्षपछि नै दुवै छोरीहरुलाई छोडेर अर्कैसँग भाग्दा पुजामाथी थप समस्या प¥यो । बुवा नभएपनि आमाको सहारामा बस्दै आएका दुवै दिदिबहिनीहरुलाई आमाले नै छोडेर जाँदा भने बिचल्ली नै प-यो ।

परिवारमा कोही नहुँदा हाल हजुरआमाले सहारा दिदै आएको पुजाले बताईन् । उनकी हजुरआमा मन्धरी बिकले बुढेसकालमा दुई नातिनीहरुको हेरचाह गर्नुपर्ने अवस्था आएको बताईन् । घरमा कमाउने कोही नहुँदा परिवारको आर्थिक अवस्था पनि एकदमै कमजोर भएको उनले बताईन् ।

भारतमा हत्या गरिएका डिल्ली मन्धरीका नाति पर्छन । २३ वर्षको कलिलो उमेरमै नाति गुमाउँदाको पिडा उनको अनुहारमा झल्किन्थ्यो । ‘ईन्डिया गयाको हो, क्या पो अ¥यो, वोही मारिदियो । वर्षदिन सम्म त घरै बस्या हो’ उनले भनीन् ‘अहिले आब कमाउन्या कोही छैनन्, भत्ताले गुजारा अ¥या छु ।’ परिवारको आर्थिक अवस्था एकदमै दयनिय भएको भएपनि कुनै पनि ठाउँबाट आफुहरुले सहयोग नपाएको मन्धरीले बताइन् । मन्धरीका एक्ला छोराबाट ३ वटा नातिहरु भएपनि पुजा र पुनमलाई कसैले हेर्दैनन् । कलिलो उमेरमै अस्ताएका डिल्लीका दुई दाजुभाईहरु पनि हाल भारतमै रोजगारी गर्दै आएका छन । उनीहरुको परिवार यहाँ बस्ने गरेको भएपनि पुजा र पुनमप्रति भने कसैले ध्यान दिएका छैनन् ।

भारतको सुरतमा करिब ९ वर्ष अघि डिल्लीलाई मारिएको मन्धरीले बताइन् । बुवाको निधनको शोककै समयमा आमाले पनि छोडेर गएपछि आमा र बुवाको रुपमा हजुरआमाले नै बालिकाहरुलाई सहारा दिदै आएको छिमेकी बिमला बिकले बताइन् ।

‘भारतमा गएको करिब १ महिनामै पुजाका बुवाको मृत्यु भयो, आमा त्यसलगत्तै अर्कैसँग पोईल गई’ उनले भनिन् ‘अहिले हजुरआमाले हेर्दै आएकी छन, दुई ओटा काकाहरु भएपनि उनिहरुले मतलब गर्दैनन् ।’ उनले आर्थिक अभावकै कारण घरको पनि अवस्था नाजुक बनेको बताइन् ।

‘घरमा दैनिक खर्च जेनतेन भत्ताले चलेको भएपनि घरको अवस्था नाजुक छ’ उनले भनिन् ‘सानो पानि पर्ने बित्तिकै घरमा बस्दै सकिदैन, चुहिएर खत्तम हुन्छ । पैसा नहुँदा निर्माण पनि गर्न सकेका छैनन ।’

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.