अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि टिभिएसको ग्रान्ड एक्सचेन्ज क्याम्प सुरु भएको छ । टिभिएस मोटर्सको धनगढी–अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सको संयुक्त आयोजनामा कैलालीको अत्तरियामा माघ आजदेखि ग्रान्ड एक्सचेञ्ज क्याम्प सुरु गरिएको हो ।

विशेष गरि पश्चिम नेपालमा थारु समुदाय (भूमि पुत्र) ले मनाउने माघि पर्वलाई मध्यनजर राखेर आयोजना गरिएको एक्सचेञ्जमा प्रत्येक खरिद कर्तालाई अधिकतम मुल्यांकन ७ हजार सम्म उपलब्ध गराउने, हेलमेट, रेनकोट, ब्याग तथा रोड ट्याक्स निःशुल्क गरिदिने बागेश्वरीका संचालक प्रेम साउदले जानकारी दिए ।

बजारको आवश्यकतालाई मध्यनजर गरेर सुरु गरिएको टिभिएस ग्रान्ड एक्सचेञ्ज मेलामा राईडिङ्ग ज्याकेट पनि उपलब्ध रहेको जनाइएको छ । त्यस्तै मेलामा २५% डाउनपेमेन्टमा पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीका क्षेत्रीय बिक्रि प्रबन्धक धनीराम भुसालले जानकारि दिए ।

बजार विस्तार संगै यस क्षेत्रका ग्राहकहरुलाई सहज होस भनेर एक्सचेञ्ज मेला संचालनमा ल्याईएको जगदम्बा मोटर्सका सुदुर पश्चिम प्रदेशका लागि रिजनल अफिसर बिक्रम बोहराले जानकारी दिएका छन ।
उक्त ग्रान्ड एक्सचेञ्जमा एउटै ठाउँबाट फाईनान्स, ईन्स्योरेन्स, एक्सचेञ्ज सुबिधा सहज रुपमा हुने छ भने नयाँ सवारी साधनको खरिद पनि मेला स्थलबाट गर्न सकिनेछ ।
टिभिएसले १,४२,९०० मूल्य पर्ने मोपेड देखि रेडियन ११०, स्ट्राइकर १२५, रेडर १२५, अपाचे १६०–२ भि, अपाचे १६० ४–भि एस.डि, अपाचे १६० ४–भि आर डि, अपाचे १६०य ४–भि आर डि एबिएस, अपाचे २०० ४–भि एबिस एफ आई विथ राईड मोड एण्ड स्लिपर क्लच, २०० ४–भि एबिएस र ८ लाख रुपैयाँ पर्ने आर आर ३१० मोडेलका बाईकहरु नेपाली बजारका बिक्री बितरण गर्दै आएको छ भने स्कुटर तर्फ विगो ११० एफ आई विथ बिएस ६, जुपिटर ११०, एनटर्क १२५ ड्रम विथ स्मार्ट कनेक्ट, एनटर्क डिस्क विथ स्मार्ट कनेक्ट, एनटर्क रेस ईडिसन, एनटर्क स्क्वायर्ड तथा एनटर्क आरटि एफ आई बिएस ६ उपलब्ध रहेका छन ।
मेलामा बहुप्रतिक्षित सुबिधा सम्पन्न अपाचे आरटिआर १६० ४–भि एफ आई विथ एबिएस, राईड मोड, स्मार्ट कनेक्ट र बिएस–६ प्रबिधिको नयाँ बाईक समेत राखिने जनाइएको छ । नेपालका जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटरसाइकल तथा स्कुटि खरिद विक्री गर्दै आएको छ ।
