श्रीमानको कुटाईले दुबै आँखा गुमाएकी निर्मलाको विजोग

अत्तरिया – करिब ४५ वर्षिया निर्मला चौधरी दुवै आखाँ देख्दिनन् । कान्छी छोरी ७ वर्षिया दिव्या चौधरी जन्मिनु अघि नै उनका श्रीमानले उनका आखाँ फुटाइदिएपछि उनी अहिले आखाँ नदेख्ने भएकी हुन् । साँझको समयमा रक्सी सेवन गरेर आई जथाभावी बोलेर कुटपिट गर्दै श्रीमानले आफ्नो आँखा फुटाएको उनी बताउँछिन् ।

maya metro hospital

उनको न त बस्नलाई स्थायी घर छ, न त कुनै ठाउँमा जमिन नै । गोदावरी नगरपालिका – ५ गेटामा अवस्थीत गेटा मेडिकल कलेजको नाममा रहेको जमिनमा उनको झुपडी छ । सोही झुपडीमा दुई सन्तानका साथ श्रीमान सँगै बस्दै आएकी उनले आफुलाई श्रीमान भन्दा टाढा पु¥याईदिन आग्रह गर्दै आएकी छन् । मंगलबार साँझ झुपडीमै सुतेको अवस्थामा भेटिएकी उनले खानाका लागी केही नहुँदा सुतेर बसेको बताईन् । ‘बुढो लेबरी काम गर्न बिहानै घरबाट निस्किन्छ, साँझ आउँछ’ उनले भनिन् ‘कहिले काही पकाउनलाई चामल ल्याएर आउँछ र त्यही पकाउँछु, नल्याएको दिन भोकै सुत्छु ।’

joshi vada pasal 2

उनले श्रीमानले केही नल्याएको दिन आफु भोकै बसेपनि छोराछोरीहरुलाई भने नजिकै रहेको अस्थायी प्रहरी पोष्ट गेटाका प्रहरीहरुले दिने गरेको बताइन् । उनले श्रीमानले काम गरेर पाएको सबै पैसा रक्सी मै सक्ने गरेको बताईन् । ‘बिहान गएर साँझ रक्सी धोकेर आउँछ, अनि सबैलाई कुटछ’ उनले भनिन् ‘आफ्नो कमाई त कता हो कता, मैले पाएको भत्ता समेत खोसेर लगेर जान्छ ।’ उनले श्रीमानकै डरले जेठो छोरी फुपुको घरमा बसिरहेको बताइन् । ‘जेठो छोरी करिब १४ वर्षकी भईसकी, ६ होकी ७ मा पढ्छ’ उनले भनिन् ‘उसका फुपुहरु उसलाई यता पठाउदैनन्, उतैबाट पढिरहेकी छ ।’ उनले प्रहरीहरुले रक्सी खाएका बेला सम्झाएर सधै उसलाई डराउने गरेको भएपनि उसले नमानेको बताइन् । उनी खाना पनि आफै पकाउने गर्छिन । उनले श्रीमानले १÷२ किलो चामल ल्याएको दिन आफै छामी छामी खाना पकाउने गरेको बताइन् ।

उनले श्रीमान सँग बस्ने अवस्था नरहेको र आफुलाई कतै ठाउँ दिएको भए छोराछोरी सहित उतै बस्ने बताइन् । चारैतिर सानो सानो काठको टुक्राले छोपेको र माथि टिन छाएको उनको झुपडीमा लिप पोत पनि भएको छैन् । घरमा बाहिरको हावा र पानि सिँधै भित्र जाने प्वालहरु छन् । ति प्वालहरु टाल्न सक्ने अवस्था उनको छैन भने उनका श्रीमानले त्यता तिर ध्यान नै दिदैनन् । जाडो याम सुरु भएसँगै पक्कि भवनमा समेत मानिसहरु चिसोले कठ्याङग्रीरहेका छन भने चारैतिरबाट हावा छिर्ने त्यो सानो झुपडिमा निर्मलाले वर्षाै बिताईसकेकी छन । शितलहरले जनजिवन अस्तव्यस्त बनेको अवस्थामा निर्मलाको अवस्था झन दयनिय छ । श्रीमानको बानी र रिसका कारण दुवै आँखा गुमाएकी निर्मलाको अवस्था झन झन बिजोग बन्दै गएको छ ।

raunak fals and silling

उनको छोरा बिराज चौधरी कक्षा १ मा पढ्छ । उसले पनि बुवाले आफुहरुलाई सधै कुट्ने गरेको बताए । ‘काम गर्छ, रक्सी खान्छ र सधै कुट्छ’ उनले भने ‘कमाएको पैसा दिदैन, उल्टै भएको पनि लगेर जान्छ ।’ उनले आफुहरुलाई प्रहरीहरुले खाना दिने गरेको बताए ।

विश्वज्योतीको सहयोग

आर्थिक अवस्था एकदमै दयनिय भएकी निर्मलालाई सोही वडामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाले केही सहयोग गरेको छ । सहकारीले चिसोको समयमा केही राहत मिलोस भन्ने उद्देश्यका साथ निर्मलालाई ब्लांकेट र उनकी कान्छि छोरी दिव्याका लागी न्यानो लुगा एवम् स्टेशनरीहरु सहयोग गरेको हो ।

सहकारीकी संस्थापक अध्यक्ष तुलसी देवकोटाले निर्मलाको अवस्था नाजुक देखेर सहकारीको सामाजिक उत्तरदायीत्व अन्र्तगत सहयोग गरेको बताईन । उनले सहकारीको सदस्य नभएपनि मानविय धर्म निभाउन उक्त काम गरिएको बताईन । ‘सहकारीले संस्थामा आवद्ध भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छ’ उनले भनिन् ‘तर निर्मलाको अवस्था एकदमै नाजुक देखेपछि सहकारीमा नभएपनि उनलाई सहयोग गरिएको हो ।’

उनले निर्मलाकी कान्छि छोरी दिव्याले जतिसम्म पढ्न सक्छ त्यति सम्मका लागी स्टेशनरी र ड्रेसहरु सहकारीले उपलब्ध गराउने बताईन । उनले पढ्नका लागी सरकारले उच्च शिक्षा सम्म निशुल्क गरेका कारण भर्नाको समस्या नरहेको बताईन । उनले सहकारीले आगामी दिनहरुमा पनि अति विपन्न, असहाय र अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्दै जाने बताईन् ।

यता पहिलो पटक कसैबाट सहयोग पाएकी निर्मला सानो सहयोग भएपनि खुसी देखिएकी थिईन । उनले आफुले पहिलो पटक कसैबाट सहयोग पाएको र एकदमै खुसि लागेको बताईन । ‘आजसम्म कसैले हेरेको थिएन, पहिलो पटक सहकारीले सहयोग गरेको छ, एकदमै खुसी छु’ उनले भनिन् ‘अब मलाई मलाई बुढाबाट टाढा पु¥याईदिन आग्रह गर्दछु ।’

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.