अत्तरिया बसपार्क भित्रै अवैध शुल्क असुलिदै

अत्तरिया – कैलालीको अत्तरिया बसपार्क भित्रै विभिन्न व्यवसाय संचालन गरेर अवैध शुल्क असुलि गरिन थालिएको छ । सवारी साधन पार्किङ गर्न बनाइएको बसपार्कमा ठेलागाडा र फुटपाटमा सामान बेच्न लगाएर अवैध शुल्क लिन थालिएको हो ।

maya metro hospital

गोदावरी नगरपालिका मातहतमा रहेको बसपार्कलाई नगरपालिकाले ठेक्कामा लगाएर पार्किङ शुल्क उठाउने गरेको छ । सवारी साधन पार्किङ गर्न बनाइएको बसपार्कमा व्यवसाय गर्न दिएर अवैध शुल्क उठाउँन थालिएपछि बसपार्क ठेलागाडाले भरिभराव भएको छ ।
गोदावरी नगरपालिकाले अत्तरिया बजार क्षेत्रका ठेलागाडा अत्तरिया बसपार्क किनाराको क्षेत्रमा निःशुल्क राख्ने व्यवस्था गरेको थियो ।

joshi vada pasal 2

बसपार्क बाहिर निःशुल्क ठेलागाडा राखिएका भएपनि बसपार्क भित्र राखिएका ठेलागाडाबाट भने दैनिक र मासिक रुपमा शुल्क लिने गरिएको छ । जसका लागि साना ठेला, ठूला ठेला, नास्ताका ठेला, आइसक्रिम बेच्ने ठेला फुटबाटमा सामान बेच्नेबाट दैनिक २० देखि ५० रुपैयाँ सम्म लिने गरिएको छ । उक्त शुल्क तिरेपछि सजिलै बसपार्कमा ठेलागाडा लगेर प्रवेश पाइने गरेको छ ।

बसपार्कमा फलफूलको ठेला राखेकी गुलरियाकी कमला मगरले आफूले दैनिक ५० रुपैयाँ तिरर बसपार्कमा ठेला राखेको बताइन् । उनले विगत १ महिना देखि दैनिक ५० रुपैया तिरर बसपार्क भित्र ठेला राखेको बताईन् ।

raunak fals and silling

‘पहिला पुर्व रोडमा ठेला राखेकी थिए । त्यहाँबाट हटाएर मैले यहाँ ल्याएकी हुँ’ उनले भनीन ‘धेरै पहिले त शुल्क उठाइदैनथ्यो केही महिना यता उठाउन लागेको हो ।’ बसपार्क भित्र ठेलामा नास्ता पसल संचालन गरेका पदम मिश्रले ठेला राखेको दिन ५० रुपैयाँ दिने गरेको बताए । उनले शुल्क तिरेपछि कसैले पनि अवरोध नगरेको बताए ।
नाम बताउन नचाहेका एक ठेला व्यवसायीले आफूले ५ महिना देखि बसपार्कमा ठेला राखेर शुल्क तिरिरहेको बताए । उनले पछिल्लो समय ठेलागाडा धेरै हुँदा व्यापार घटेको बताए ।

ठेलागाडा व्यवसायीहरुले दैनिक शुल्क तिरिरहेका भएपनि कसले शुल्क लिने गरेको छ भन्नेमा भने स्पष्ट बताउन चाहेनन् । उक्त शुल्क बसपार्कको सरसफाई प्रयोजनको नाममा असंगठित समुहले लिने गरेको बताईएपनि पैसा सकलन गरेको रसिद समेत दिने गरिएको छैन । हाल बसपार्कमा २ दर्जन भन्दा बढी ठेला राखिएका छन । उक्त समुहले टोकरीमा बसपार्क भित्र समान विक्रि गर्नेहरुबाट समेत रकम असुल्ने गरेका छन् ।

शुल्क उठाएको बिषयमा बसपार्क संग सरोकारवालाहरुले भने अनविज्ञता प्रकट गरेका छन । नगरपालिका संग बसपार्कको शुल्क उठाउने गरेको किमडेश्वरी निर्माण सेवाले पनि सो विषयमा जानकारी नभएको जनाएको छ । उक्त निर्माण सेवाका संचालक तेज खड्काले आफूहरुले बसपार्कमा पार्किङ गरिएका सवारी साधनबाट शुल्क लिने गरिएको भएपनि ठेलागाडाबाट कसले रकम लिने गरेको छ भन्ने बारेमा जानकारी नभएको बताए । उनले बसपार्कमा ठेला राखिएपछि व्यवस्थापनमा समस्या भएको बताए ।

अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी विकले आफूहरुले अत्तरिया बजार क्षेत्रका ठेलागाडी बसपार्क बाहिर राख्ने सहमति गरेको भएपनि बसपार्क भित्र राखेको बारेमा जानकारी नभएको बताए । उनले आफूहरुले कुनै पनि ठेला व्यवसायीबाट शुल्क लिने नगरेको बताए ।

उता नगरपालिकाले पनि बसपार्कमा ठेला राखेर शुल्क उठाएको बारेमा अनविज्ञता प्रकट गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले नगरबाट बसपार्कमा ठेला राखेर शुल्क उठाउने कुनै निर्णय नभएको बताए । उनले बसपार्कमा सवारी साधन पार्किङ बाफत शुल्क उठाउन ठेक्कामा लगाइएको भएपनि अन्य शुल्क उठाउन कुनै अनुमति नदिइएको बताए ।

–अर्काइभ

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.