विदा भएपछि रोडमा बाटो काट्दै कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी नमूना माविका विद्यार्थी । राजमार्ग संगै जोडिएको सो विद्यालयमा विदा भएपछि विद्यार्थीहरु एकै पटक गेटबाट बाहिर निस्किदा सडक नै जाम हुने गरेको छ । जसले गर्दा सवारी संचालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।



राजमार्ग संगै जोडिएको भएपनि विदा भएपछि विद्यार्थीलाई अनुशासित रुपमा सडक किनारामा हिड्न पनि नसिकाइएका कारण सडकमा जाम हुने अवस्था आउने गरेको स्थानीयको गुनासो छ ।
सवारी सधानको चाप हुने राजमार्गमा विद्यार्थीलाई सडक किनाराबाट लाइनमा अनुशासित भएर हिड्नु पर्नेमा आधा सडकका सवारी साधन नै रोकिने गरी हिड्ने गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
