गोदावरीमा वन तस्कर सक्रिय

अत्तरिया – कैलालीको गोदावरी क्षेत्रमा वन तस्कर सक्रिय भएका छन । नदीजन्य पदार्थको संकलन खुलेसंगै सो क्षेत्रका सामुदायिक वनहरुमा वन तस्कर सक्रिय भएका छन ।

maya metro hospital

गोदावरी नदीबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टि, बालुवा) संकलन खुलेपछि तस्करहरुले नदीजन्य पदार्थ संकलन गर्ने नाममा काठ तस्कर गरिरहेका हुन् । उनीहरुले गोदावरी नदी संगै जोडिएका गोदावरी सामुदायिक वन, रातोपानी सामुदायिक वन र तेघरी सामुदायिक वनबाट काठ तस्करी गरिरहेको स्थानीयले बताएका छन ।

joshi vada pasal 2

तस्करहरुले वनबाट काचो सालका गोलिया बनाएर नदीजन्य पदार्थ संगै ढुवानी गर्ने गरेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ समाधिवस्तीकी एक महिलाले तस्करहरुले वनमै काठ चिरान गरिरहेको बताईन् । ‘रातोपानी सामुदायिक वन भित्र सालका रुख काटेर चिरान गरिरहेको मैले पनि सुनेकी थिए’ उनले भनीन ‘रातोपानी खोलैखोला काठ तस्करी हुने गरेको छ ।’

रातोपानी सामुदायिक वन गोदावरी नगरपालिका १२ मा पर्छ । उक्त सामुदायिक वन ४९९ हेक्टर क्षेत्रफलमा फौलिएको छ । सामुदायिक वनका अध्यक्ष कैलास विकले काठ तस्कर भइरहेको सूचना पाएर खोजिनीति गरेपनि कहि फेला नपारेको बताए ।

raunak fals and silling

‘सूचना पाएपछि आज म ४ जना केटाहरुलाई लगेर सामुदायिक वनमा घुमेको थिए । दिनभरी घुम्दा केही पनि फेला पारेनौ’ उनले भने ‘२ वटा रुख काटेको देखेपनि त्यो २ महिना अगाडी नै काटिएको जस्तो छ ।’ उनले गोदावरी खोला नजिकै काचो सालको रुख काटिएको भेटिएको बताए । ‘सालको रुख काटिएको भेटिएपनि त्यहाँ काठ थिएन् । चिरानी गरेर लगेका रहेछन्’ उनले भने ‘सामाजिक संजालमा पनि काठ तस्करी भएको फोटो देखेपछि आज दिनभरी वनमा घुम्दा भने केही फेला परेन ।’

उनले वनमा सालका रुख धेरै भएको र कालिका सामुदायि वन र गोदावरी सामुदायिक वनको क्षेत्रबाट बढि चोरी हुने बताए । उनले भने ‘टेक्टर खुलेको समयमा चोरी बढी हुने गरेको छ । तर, अहिले चोरी भएको पाएनौ । हामी २ महिना देखि निरन्तर निगरानिमा छौ । कही त्यस्तो फेला परेका छैनौ ।’

यता गोदावरी ४ मा पर्ने गोदावरी सामुदायिक वनमा पनि काठ तस्करी बढेको स्थानीयले बताएका छन् । समाधिवस्तीका स्थानीयले रातीको समयमा वन क्षेत्रमा रुख काटेको आवाज आउने गरेको बताएका छन ।

मंगलबार सामाजिक संजालमा गोदावरी क्षेत्रका वनमा सालका रुख काटेको फोटो भाइरल भएको थियो । उक्त फोटोको वास्तवितका खोतल्दै अत्तरिया अनलाइनको टिम बुधबार सो क्षेत्रमा पुगेको थियो । अत्तरिया अनलाइनको टिम दुइ ठूला सामुदायिक वन रातोपानी र गोदावरी वनको विचमा पर्ने समाधिबस्तीमा पुगेको थियो । चारैतिरबाट वनले घेरेको सो बस्तीका स्थानीयले वनमा तस्करी भइरहेको देखेको वताएपनि परिचय भने खुलाउन चाहेनन् ।

अत्तरिया अनलाइनको टिमले वनमा रुख कटान गरेको खोजि गर्ने प्रयास गरेपनि काठ काटेको नभेटिएपनि उक्त क्षेत्रमा ट्याक्टर ओहोर दोहोर गर्ने गरेको प्रष्ट देखिन्थ्यो । जवकी रातोपानी खोला क्षेत्रमा नदीजन्य पदार्थ संकलमा पनि रोक लगाइएको छ । नजिकै रहेको गोरखधुनामा बस्ने बाबाहरुले पनि वनमा तस्कर भइरहेको बताएका थिए ।

सो क्षेत्रमा सालको घना जंगलनै भएकाले तस्करहरु सेटिङमै संक्रिय रहेको स्थानीयको आशंका छ । रातारात वन सखाप गर्न तस्कर संक्रिय भएपनि यस बिषयमा वन कार्यालय र प्रशासन भने मौन रहेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.