खाेज्नुहाेस

गोदावरीमा रोयल्टी संकलन प्रकृया विवादित

Image

अत्तरिया  – कैलालीको गोदावरी नगरपालिकाले संकलन गर्दै आएको नदीजन्य पदार्थको विक्रिवितरण (रोयल्टी) प्रकृया विवादित बनेको छ । नगरपालिकाले नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सेतो चिट दिएको विषयका कारण उक्त प्रकृया विवादित बनेको हो । स्थानीयले रसिद दिन छाडेर सेतो चिट दिएर नगरपालिकाले भ्रष्ट्राचार गर्न खोजेको आरोप लगाएका छन । बिरोधका क्रममा सोमबार नेकपा एमालेका नेता कार्यकर्ताहरुले नगरपालिका कार्यालय घेराउ गरेका थिए ।

नेकपा एमालेका गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्टले जनतालाई झुक्याएर दारु मासु खुवाएर चुनाव जितेकाहरुको काला कर्तुतहरुको भण्डाफोर गर्न आफूहरुले नगरपालिका कार्यालय घेराउ गरेको बताए ।

attariya hospital

‘हिजो हामीले यिनीहरुले जनतालाई धोका दिन्छन भनेका थियौ । आज व्यवहारबाट प्रमाणित भएको छ । खुटियामा करोडौको भष्टाचार गरेका छन । क्रेसरहरु संग मिलेर सादा कागजमा छाप लगाएर’ उनले भने ‘जबसम्म भ्रष्टाचारी अनियमितता गर्नेमाथि अख्तियारले कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ उनले सोमबार विरोध मात्रै जनाएको र, सम्बन्धित निकायको ध्यान नगए थप सशक्त आन्दोलन गर्ने बताए । उनले आफूहरुले अख्तियारमा पनि उजुरी हालिसकेको बताए ।

यता नगरपालिकाले भने नदीजन्य पदार्थ बिक्रिवितरण (रोयल्टी) को विषयमा लगाईएको आरोप निराधार भएको बताएको छ । नदिजन्य पदार्थ विक्रिवितरणको अनुगमन समितिका संयोजक देव राज भट्टले उक्त सेतो चिट रकम असुलीको नभएको र नगरपालिकालाई लगाईएको आरोप निराधार भएको दाबी गरे । सोमबार बिहान नगरपालिका कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरि उनले नगरपालिकाले बाटो पासको लागी उक्त सेतो चिट प्रयोग गरेको बताए ।

navjiwan hospital

‘सेतो कागज कुनै नगद पैसा दिएर लिएको होइन् । यो भनेको रोयल्टी पोष्ट देखि सम्बन्धित क्रेसर सम्मका लागि हो’ नदिजन्य पदार्थको अनुगमन समितिका संयोजक देव राज भट्टले भने ‘हामीलाई लगाईएको आरोप निराधार छ । हामीले अनुगमन समिति बनाएका छौ । उक्त समितिले चेक गर्ने हुँदा त्यो सेतो चिट पास जस्तै हो ।’ उनले बाटो पासका लागी सेतो कागज दिईएको बताउदै त्यसबाट नगद संकलन नगरेको बताए ।

‘अहिले जुन वेस्टर्न क्रेसर र श्रीपुर क्रेसरलाई इस्यु बनाइएको छ । उधारो दियो, पोस्यो भनेर त्यो निराधार हो’ उनले भने ‘वहाहरुको ठूलो काम हुन्छ । एकजनाको ढाई सय टेक्टर छ । उनीहरु संग सम्झौता अनुसार नै हामीले महिनाको अन्तिममा हिसाब गर्ने गरी चिट दिईरहेका छौ ।’ उनले क्रेसर कम्पनिहरुले गाडीलाई दिएको चिटको आधारमा नगरपालिकाबाट पनि सोही बमोजिमको बाटो पासको चिट गएको र त्यसलाई अन्यथा बनाइएको बताए । ‘वहाँहरुले हामीलाई आधिकारीक सिक्नेचर सहितको रसिद पठाउनु हुन्छ । हामीले त्यही रसिदको आधारमा बाटोको लागि चिट दिएर पठाउँछौ’ उनले भने ‘सम्झौता अनुसार महिनामा हामीले अन्तिममा नगदी रसिद दिन्छौ वहाहरुले नगद पैसा दिनुहुन्छ ।’

उनले उक्त सेतो कागज नाकामा गाडी आएर सहि तरिकाले प्रक्रिया पु¥याएर गयो भन्नको लागि मात्रै दिइएको बताए । ‘यो चिट आर्थिक कारोबारका लागि होइन् । हामीले यो काम नगरमै बसेर विगतमा गरेको अभ्यासलाई पनि हेरेर यो तरिका अपनाएका हौ’ उनले भने ‘यसअघि नगरपालिकाले आफै राजश्व संकलन गर्दा पनि उधारोमा दिएको पाइयो । वहाँहरुले सेतो पानामा धर्का तारेर हिसाव गरेर गर्नुभएको रहेछ । त्यसरी आधिकारीक नहुँने भएकाले हामीले दुवैपक्षलाई ओसी हुने गरी सेतो चिट बनाएका हौ ।’

उनले नगरपालिकाले बढी भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको र त्यही कुरा चित्त नबुझेका केही व्यक्तिहरुले त्यो विषयलाई राजनितिकरण गर्न खोजेको आरोप लगाए । ‘पहिले पनि नगरपालिकाले कर्मचारीबाटै रोयल्टी उठाएको थियो, त्यतिबेला कै नियम हो यो’ उनले भने ‘त्यतिबेला रजिष्टरमा धर्का तान्ने काम हुन्थ्यो र मिलेमतोमा चलेको थियो, अहिले हामीले त्यसलाई व्यवस्थीत गरेर चुहावट रोक्न खोज्दा, चुहावट गर्ने व्यक्तिहरुले विवादीत बनाएका हुन ।’

उनले विगतका दिनमा नगरपालिकाले राजश्व उठाउदा करिब ३ करोडको हाराहारीमा मात्रै उठाएको र आफुहरुले कम्तिमा पनि ४ करोड भन्दा बढी राजश्व उठाउने लक्ष्य लिएको बताए । पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार १२ दिनको अवधीमा नगरपालिकाले ३१ लाख ७५ हजार २१० रुपैया राजश्व संकलन गरेको छ ।

नगरपालिकाका जिन्सी शाखा प्रमुख एवम् ठेली वितरण तथा राजश्व दाखिला समितिका संयोजक गणेश पनेरुले नगरपालिकाले गलत नियतीले काम नगरेको बताए । उनले ठुला पार्टीहरुले एकमुष्ट दिने कुरा गरेकाले उक्त चिट काटिएको बताए । गोदावरी नगरपालिकाले पुष ५ गते देखि आफै नदिजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहको छ ।