१० महिना अघि उद्द्घाटन गरिएको गोदावरी नगरपालिकाको भवन प्रयोगमा आएन

त्तरिया – निर्माण सकिएको भन्दै १० महिना अगाडी उद्घाटन गरिएको कैलालीको गोदावरी नगरपालिकाको भवन अझै प्रयोगमा आएको छैन् । गत बर्षको चैत्र १४ गते तत्कालिन नगरप्रमुख हरी सिह साउँदले भवन सम्पन्न भएको भन्दै उद्घाटन गरेका थिए ।

maya metro hospital

भवन उद्घाटन पछि भाडाको घरमा संचालनमा रहेको नगपालिका कार्यालय आफ्नै भवनमा सर्ने आम अपेक्षा थियो । तर, उद्घाटन भएको १० महिना वितिसक्दा पनि नगरपालिकाको भवन भाडाकै घरमा संचालनमा रहेको छ ।

joshi vada pasal 2

भवनलाई समयमै सम्पन्न गर्न समन्वय गर्ने भन्दा पनि उद्घाटन गर्ने होडबाजी गरिएपछि अहिले पनि नगरपालिकाले निजी घरमा भाडा तिर्दै कार्यालय संचालन गर्दै आइरहेको छ ।

सुरुदेखि नै सुस्त गतिमा काम हुँदै आइरहेको भवन निर्माणको काम समयमा नसकिदा पटक – पटक म्याद थपिदै आएको छ । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गर्न एम÷एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता गरिएको थियो । २०७६ साल मंसिर २० गते भएको सम्झौता अनुसार २०७८ साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो ।

निर्माण कम्पनीका साइड इन्जिनियर पारस खड्काले सम्झौता अनुसार अझै बाउड्रिवाल, पार्कीङ क्षेत्रमा ब्लक विछ्याउने, प्लान्टेसन, वाटर फाउन्टिङ लगायतका काम बाँकी रहेको बताए ।

उनले ‘२/३ वटा कामको लागि भेरियसन अर्डर (भिओ) पठाएको भएपनि ९ महिना सम्म त्यसको रिप्लाई नआउँदा निर्माण सम्पन्न गर्न ढिलाई भएको बताए ।

‘भवनको सबै काम सकिएको छ । भवनमा वाइरिङको काम पनि सकिएको छ । ट्रान्समिटरबाट लाईन जडान गर्न मात्रै बाँकी छ’ उनले भने ‘स्टमेट अनुसारको तार अपुग भएकाले भिओमा गएको छ । त्यो स्विकृत भएको छैन् । स्टमेट अनुसार ३० मिटर मात्रै थियो । अहिले ७० मिटर लाग्ने देखिएको छ । त्यसको एप्रुभल आउन बाँकी छ । भिओकै कारण नौ महिना देखि रकम नपाएकाले काम गर्न समस्या भएको छ ।’

उनले भिओ रोकिएकै कारण भुक्तानी नपाउँदा कामका ढिलाई भएको बताए । उनले भने ‘उधारो धेरै लिइसकेकाले थप लिन सक्ने अवस्था छैन । भुक्तानी गरिएको भए जनशक्ति बढाएर तिब्र गतिमा काम हुन्थ्यो ।’

पछिल्लो पटक थपिएको म्याद शनिबार सकिएको छ । क्षेत्रिय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सन्जिव शाहले सम्झौता अनुसार केही काम बाँकी रहेकाले अझै नगरपालिकालाई हस्तान्तरण गर्न नसकिएको बताए ।

उनले भेरियसन अर्डरको लागि काठमाण्डौंमा कागजात पठाएको भएपनि उतैबाट एप्रुभ भएर आउन ढिलाई भएको बताए । १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता भएको भएकोमा ९ करोड ६९ लाख ८३ हजार ५९५ रुपैयाँ झुक्तानी भइसकेको इन्जिनियर शाहले बताए ।

उनले नगरपालिकाबाट फर्निचरका लागि पनि माग भएकाले त्यसको लागि पनि प्रक्रिया अगाडी बढेको बताए । ‘पुरानै ठेक्कामा भेरियसन गरेर फर्निचर पनि एड्जेस गर्ने योजना बनाएका छौ’ उनले भने ‘नयाँ भवन बनाएपछि संचालन गर्नको लागि थोरै भएपनि फर्निचरको व्यवस्था गर्ने योजनामा छौ ।’ उनले भवन निर्माणको काम सकिएकाले केही दिनमा हस्तान्तरण गरिने बताए ।

१४ लाख भाडामा खर्च

गोदावरी नगरपालिका – २ मा निर्माणाधिन भवनको काममा ढिलाई हुँदा यता गोदावरी नगरपालिका १ को निजी भवनमा संचालित कार्यालयको भाडाको खर्च भने प्रत्येक महिना थपिदै गएको छ । नगरपालिकाको नयाँ भवन उद्घाटन गरेएपछि मात्रै कार्यालय भाडामा मात्रै १४ लाख बढी खर्च गरेको छ । नगरपालिकाले हाल अत्तरिया–धनगढी ६ लेन सडक संग जोडिएका २ वटा भवन भाडामा लिएर कार्यालय संचालन गरिरहेको छ ।

जसमा एउटा भवनमा नगरपालिकाका मेयर, उपमेयर सहितका कार्यालय रहेका छन भने अर्को भवनमा स्वास्थ्य शाखा, कृषि शाखा लगायतका कार्यालय छन ।

हाल नगरपालिकाले मेयर उपमेयर बस्ने कार्यालय भवनको मासिक ७७ हजार ४ सय र स्वास्थ्य शाखा, कृषि शाखा रहेको भवनको ६४ हजार भाडा तिर्दै आएको नगरपालिकाको आर्थिक शाखाका सह–लेखापाल दिल बहादुर सिहले बताए । आफ्नै भवन निर्माणमा ढिलाई हुँदा हाल नगरपालिकालाई मासिक १ लाख ४१ हजार ४ सय व्ययभार थपिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.