विवाद नसुल्झिदा ५ बर्षदेखि गोदावरीका २ वडा कार्यालय एउटै भवनमा

अत्तरिया – वडाको सीमा विवाद नसुल्झिदा कैलालीको गोदावरी नगरपालिकाका २ वडा कार्यालय एउटै भवनमा रहेका छन । ५ बर्षदेखि वडा नम्बर ७ र ८ ले साविकको श्रीपुर गाविसको भवनमा आफ्नो दावी नछोड्दा हालसम्म पनि २ वडा कार्यालय एउटै भवनमा संचालिन भइरहेका हुन् ।

maya metro hospital

सुरुमा वडाको भवन नबन्दा सम्मका लागि सहमतिमै २ वडा कार्यालय एउटै भवनमा राखिएका भएपनि पछि उक्त भवन दुवै वडाले आफ्नो क्षेत्रमा पर्ने भन्दै छोड्न नमान्दा विवाद लम्बिएको छ ।

joshi vada pasal 2

उक्त विवाद गोदावरी नगरपालिकाको न्यायिक समितिमा पुगेर सुल्झिएको भएपनि उक्त निर्णय जिल्ला अदालत कैलालीले खारेज गर्दा विवाद ज्यूँ का त्युँ छ । नगरपालिकाको न्यायिक समितिले २०७४ साल चैत १९ गते दुवै पक्ष बीच छलफल गराउँदा सहमति नभएपछि २०५४ सालको सर्भे नापी अनुसार उक्त क्षेत्र वडा नम्बर ७ मा पर्ने निर्णय गरेको थियो ।

यो निर्णयमा वडा नम्बर ८ ले असहमति जनाउँदै ‘न्यायिक समितिको निर्णय बदर गरीपाउँ’ भनेर २०७५ बैसाख २५ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले २०७६ पुष २० गते फैसला गरेको थियो । फैसलामा गोदावरी नगरपालिकाको न्यायिक समितिले गरेको निर्णय कानून सम्मत नदेखिएको भन्दै बदर गरिएको थियो । उक्त फैसालामा चित्त नबुझे ३० दिन भित्र उच्च अदालत दिपायलमा पुनरावेदन जान भनिएको थियो ।

वडा नम्बर ८ का तत्कालिन वडा अध्यक्ष नरेश अधिकारीले फैसालामा चित्त नबुझेको भए वडा नम्बर ७ ले तत्कालै पुनरावेदन अदातलत जानुपर्नेमा नगएको बताए । उनले हाल राष्ट्रिय भूमि आयोगले नापीको काम सुरु गर्न लागेकाले समस्या नसुल्झाए नापीकै काम रोकिन सकिने बताए ।

हाल दुवै वडाले दाबी गरेको क्षेत्रमा वडा कार्यालय संगै करिब ४० स्थानीयका घर पनि रहेका छन् । ति सबैको कागजातमा वडा नम्बर ८ को ठेगाना भएपनि जग्गा भने ७ या ८ भन्ने टुङ्गो लाग्न सकेको छैन् ।

‘हामीले अहिले वडा नम्बर ८ बाट ज्ञापन पत्र लगेर समस्या सामाधानका लागि नगरप्रमुखलाई बुझाउने तयारी गरेका छौ’ उनले भने ‘यसमा नगरपरिषद्ले टुङ्गो लगाउन मिल्दो रहेछ ।’ विवादीत क्षेत्रका ४० परिवारका कागजात नै ८ नम्बरका भएकाले ८ मै हुनुपर्ने आफ्नो पुरानो माग यथावत रहेको उनले बताए ।

वडा नम्बर ७ का तत्कालिन वडा अध्यक्ष हेमराज ओझाले २०५४ को नापीमा साविकको श्रीपुर ५ र हालको वडा नम्बर ७ मै वडा कार्यालय पर्ने बताए । ‘हामीले तत्काल वडा भवन बनाउन पुजी नभएकाले वडा नम्बर ८ को कार्यालय आफ्नो भवनमा राख्न दिएका हौ’ उनले भने ‘स्थानीयका कागजात ८ नम्बरका भएपनि वडा कार्यालय पछाडीको खोल्सा भन्दा ५ मिटर पुर्व सम्म हाम्रो क्षेत्र पर्छ ।’

उनले सर्वोच्चले न्यायिक समितिको निर्णय मात्रै बदर गरेर चित्त नबुझे सर्वोच्च जान भनेपनि लकडाउनका कारण जान नसकेको बताए । उनले अदालतले पनि विवाद सुल्झाउन नसकेर न्यायिक समितिको निर्णय मात्रै बदर गरेकाले आफूहरु चुप लागेर बसेको बताए । उनले नापी ७ नम्बर वडामा राखेर नभएमा अदालत जाने बताए ।

वडा नम्बर ८ का वडा वर्तमान अध्यक्ष गोबिन्द चौधरीले भने वडाको सघर्ष समिति मार्फत प्रमाण सहित नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउने तयारी भइरहेको बताए । उनले भने ‘मेयरसाप काठमाडौंमा हुनुहुन्छ । वहाँ आएपछि हामी ज्ञापन पत्र पनि बुझाउन्छौ । यस बिषयमा छलफल पनि गर्छौ ।’

उनले विवादीत क्षेत्रको विद्यालय सहित पुरै बस्तीका कागजात आफ्नै वडाका रहेको प्रमाण नगरपालिकामा पेश गरिने बताए ।
वडा नम्बर ७ की अध्यक्ष कलावती साउँदले नापीको नक्सामा सो क्षेत्र ७ मै भएकाले नक्सा अनुसार अगाडी बढ्नु पर्ने आफूहरुको भनाइ रहेको बताइन् । उनले भनीन् ‘यो विवाद पहिलाका वडाअध्यक्षहरुले सुल्झाउन सक्नु भएन । यो विवाद कायमै रहेको छ । अब नगरबाटै यसको सामाधान खोजिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.