खाेज्नुहाेस

चुनाव लगतै नापी सुरु, लालपुर्जा पाउने आशामा भूमिहिन

Image
file photo

अत्तरिया – निर्वाचन आचारसहिता लागु भएर रोकिएको भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने काम कैलालीको गोदावरी नगरपालिकामा बुधबार देखि सुरु भएको छ । यसपटक चुनावको मुखमा मात्रै लालपुर्जाको बिषयमा बोल्ने नेताहरुको शैली फेरिएको छ । विगतका बर्षहरुमा चुनावको मुखमा लालपुर्जा दिने बाँचा गर्ने तर, चुनाव पछि बिर्सिने परिदृष्य यसपल्ट बदलिएको हो ।

यसपटक भने चुनावको आचारसहिता सकिएकै दिनदेखि जग्गा नापीको काम सुरु भएको छ । जसले गर्दा ५ बर्ष कार्यकाल रहेका जनप्रतिनिधिले लालपुर्जा दिनेमा स्थानीय पनि आशावादी देखिएका छन । गोदावरी नगरपालिका – ४ का नर बहादुर बोगटीले यसपटक चुनाव लगतै काम सुरु भएकाले लालपुर्जा पाउने आशा बढेको बताए । उनले पटक–पटक चुनावी नारामा मात्रै सिमित हुदैं आएको लालपुर्जाको मुद्धा चुनाव पछि पनि उठ्दा खुसि लागेको बताए ।

attariya hospital

स्थानीय पदम बहादुर बलायरले पनि अब लालपुर्जा पाउने आशा पलाएको बताए । ‘पहाडको जग्गा बेचेर पनि मानिसहरु यहा १ कठ्ठा आधा कठ्ठा जग्गा किनेर बसेका छन । त्यसैको पनि लालपुर्जा छैन् । लालपुर्जा भएमा कुनै पनि बैंकिङ काम गर्न सकिन्थ्यो भन्ने जनताको आकाक्षा थियो’ उनले भने ‘त्यो अहिले सम्मका सरकारहरुले पनि गर्न सकेनन् । जसले हामी सधैका लागि सुकुम्बासीका सुकुम्बासी नै भयौ । आज हामी खुसी भएका छौ । अब लालपुर्जा पाइन्छ की भनेर आशा पलाएको छ ।’ उनले नगरपालिकाले चुनाव लगतै काम सुरु गरेकोमा धन्यावाद ज्ञापन गरे । उनले नापीको काम गर्दा विवाद नगरिदिन पनि स्थानीयलार्य आग्रह गरे ।

स्थानीय देब सिह धामीले चुनाव पछि तुरुतै काम सुरु भएकाले अब लालपुर्जा पाउने आशा पलाएको बताए । ‘यहाँ राम्रो व्यवस्थापनका साथ नापीको काम गरिएको छ भन्ने सुनेको छु । यसका लागि धन्यावाद दिन चाहन्छु’ उनले भने ‘कानुन सम्बन्ध रुपमा नापीको काम हुन्छ भन्ने अपेक्षा लिएका छौ । खोला नाला, जंगलको क्षेत्र, सार्वजनीक क्षेत्र छोडेर नापी गर्नुहुने छ ।’ उनले नापी पछि पनि लालपुर्जा पाउने कुरा सरल हुने अपेक्षा लिएको बताए ।

खुसिले गदगद

वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले बर्षैदेखि बस्दै आएको जग्गाको लालपुर्जा पाउने आशामा स्थानीय खुसिले गदगद भएको बताए । उनले लालपुर्जा वितरणका लागि वडामा नापीको काम सुरु भएपनि थुप्रै चुनौती रहेको बताए ।

‘यस काममा चुनौती पनि छ । खोला नाला मिचेर पनि मानिसहरु बसेका छन । सडक क्षेत्र पनि मिचिएका छन । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ’ उनले भने ‘वडामा थुप्रै सुकुम्बासी भएपनि रातो फारम नभरिएको देखिएको छ । यसको निराकरण कसरी गर्ने हो भन्ने पनि समस्या छ ।’

navjiwan hospital

उनले वडामा करिब ३८०० फाईल भरिएको बताए । उनले भने ‘भरिएका फाइलमा अधिकांसमा कागजात अपुग छन । १ सयमा १० फाइलमा कागजात अपुग छन ।’ उनले जग्गा नापीको काममा सहयोग गरिदिन बसै स्थानीय बासिलाई आग्रह गरे । उनले भने ‘जसरी हामी खुसी भएका छौ त्यसरीनै नापीका काममा कन्जुसाई नगरी नापीको काममा सहज गर्न आवश्यक छ । नापी हुँदा विवाद भयो भने नापीको काम लम्बीन सक्छ ।’

मुख्य प्राथमिकता

गोदावरी नगरपालिकाले चुनावको आचारसहिताका कारण रोकिएको नापीको काम बुधबार गोदावरी नगरपालिका – ४ बाट सुरु गरेको छ । गोदावरीका वडा नम्बर १, २ र ५ मा नापीको निर्वाचन अघि नै सुरुवात गरिएको भएपनि गोदावरी ४ मा भने पहिलो पटक नापी गर्न थालिएको हो । नापीको सुभारम्भ गर्दै नगरप्रमुख भट्टले यस कामलाई आफूले मुख्य प्राथमिकतामा राखेको बताए । उनले छिटो नापीको काम सम्पन्न गर्नका लागि थप कर्मचारी करारमा राखेर काम गरिने बताए ।

उनले नगरपालिकामा हाल १३ सय लालपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको बताए । ‘मंसिरको निर्वाचन अघि हामीले १३ सय लालपुर्जा बनाइसकेका थियौ । निर्वाचनको आचारसहिता लागेपछि ति पुर्जा वितरण गर्न पाएनौ । वडा नम्बर १ र २ का तयार भएका पुर्जा पनि हामीले वितरण नगरी राख्नुपर्ने अवस्था आयो’ उनले भने ‘अब आचारसहिता हटे संगै ति पुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुन्छ ।’

उनले लालपुर्जा वितरण गर्ने तयारी गरेपछि राजश्व धेरै भयो भन्ने गुनासो आएकाले त्यसलाई घटाउन पक्रिया अगाडी बढाएको बताए । ‘हामीले पुर्जा बनाएपछि राजश्व धेरै भयो भनेर गुनासा आएका छन । आफ्नो घर बनाएको १ कठ्ठा जग्गामा पनि २७/२८ लाख राजश्व तिनुपर्ने देखियो’ मेयर भट्टले भने ‘नेपालमै पहिलो पटक गोदावरी नगरपालिकाले राजश्व घटाउनु पर्छ भनेर राष्ट्रिय भूमि आयोगमा ज्ञापन पत्र बुझाएको छ ।’
उनले राजश्वको विषय हाल मन्त्रिपरिषदमा पुगेको बताए । ‘आफैले बसेको जग्गा किन्नुपर्ने अवस्था आयो भनेर हामीले महशुल घटाउनु पर्छ भनेर कार्यपालिका बैठकबाट निणय गरेर ज्ञापन पत्र बुझाएका थियौ’ उनले भने ‘उक्त ज्ञापन पत्र राष्ट्रिय भूमि आयोगले मन्त्रि परिषदमा पठाएको छ । अब महशुल घट्छ भन्ने हामी अपेक्षामा छौ ।’

नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले गोदावरीका सबै वडामा नापीको काम गरिने बताइन् । उनले यस काममा सहयोग गर्न सबै नगरबासिलाई आग्रह पनि गरिन् । उनले भनीन् ‘यस काममा सबै नगरबासिलाई सहयोग गरिदिन अनुरोध गर्छु । २०७७÷०७८ मै लालपुर्जा दिने तयारी भएपनि त्यो कारण बस रोकियो अब बसैले सहयोग गरेको खण्डमा यो काम सम्पन्न हुन्छ ।’

५ जनाको टोलीले नापी गर्दै 

नापी प्राबिधिक बिरेन्द्र बहादुर सिहले हाल ५ जनाको टोलीले नापीको काम सुरु गरेको बताए । उनले छिटै थप १० जनाको टोली नापीका लागि परिचालन गरिने बताए । उनले नापी गर्दा यसअघि भरिएको फारमको निस्सा आवश्यक पर्ने बताए ।

‘ऐलानी प्रति जग्गा हामीले भोगचलनका आधारमा नापी गर्ने छौ । नापनक्सा गर्दा फारम भरेको निस्सा अनिवार्य आवश्यक पर्छ । साथमा नागरिता पनि आवश्यक पर्छ’ उनले भने ‘नापी पछि १५ दिने दावी विरोधका लागि सुचना जारी गरिने छ । त्यसपछि वडाले नगरपालिका र नगरपालिकाले राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयमा पुग्छ । नगरपालिकाले पनि १५ दिने सुचना निकालेर तोकिएको राजश्व तिरेर लालपुर्जा पाइन्छ ।’