
धनगढी – कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लागायतका संगठनहरुले विद्यार्थी शूल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन् ।

विद्यार्थी संगठनहरुले एकतर्फी ढंगले क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै तालाबन्दी गरेको जनाएका छन । विद्यार्थी संगठनहरुले एक प्रेश विज्ञप्ती जारी गर्दै वृद्धि भएको शुल्क खारेजीको माग गरेका छन ।
