सुदूरपश्चिम प्रदेशसभामा २० प्रतिशत युवा

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तर्फको सार्वजनिक भएको नजिता अनुसार २० प्रतिशत युवा निर्वाचित भएका छन । प्रत्यक्ष तर्फ प्रदेश सभामा ३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमका ३० क्षेत्रको अन्तिम नजिता सार्वजनिक हुँदा सम्म २० प्रतिशत अर्थात ६ जना युवा निर्वाचित भएका हुन । निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट ३, नागरिक उन्मुक्ति पार्टीबाट २ र नेपाली कांग्रेसबाट १ जना रहेका छ ।

maya metro hospital

माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर ५ (१) मा ३९ बर्षिय रमेश सिह धामी, कञ्चनपुर क्षेत्र नम्बर २ (१) मा ३५ बर्षिय ओम विक्रम भाट, डोटी (२) मा ३५ बर्षिय शिव सिह ओली रहेका छन ।

पहिलो पटक प्रदेश सभा निर्वाचनमा सहभागि भएको नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ (१) मा ३५ बर्षिय कैलाश चौधरी, कैलाली ३ (१) मा ३५ बर्षिय धनश्याम चौधरी निर्वाचित भएका छन । त्यस्तै नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ (२) मा ३९ बर्षिय प्रकाश बहादुर देउवा निर्वाचित भएका छन ।

attariya hospital

बाजुरामा मतगणना हुन सकेको छैन । जहाँबाट २ जना प्रदेश सभा सदस्य निर्वाचित हुने छन । सत्ता गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने आकलन गरिएकोमा उक्त जिल्लामा सो पार्टीबाट युवा उम्मेदवार नै छैनन् ।

४१ देखि ६० को वर्चस्व

प्रदेश सभामा ४१ देखि ६० बर्ष उमेर समुहका सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन । निर्वाचित भएका ३० मध्ये २० जना यही उमेर समुहका छन । यो उमेर समुहका प्रदेश सभा सदस्य ६७ प्रतिशत रहेका छन । उक्त उमेर समुहमा सबैभन्दा बढी नेपाली कांग्रेसबाट ६ जना निर्वाचित भएका छन । त्यस्तै माओवादी केन्द्रबाट ५, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेकपा एमालेबाट ३, एकीकृत समाजवादीबाट २ र स्वतन्त्र १ जना रहेका छन ।

प्रदेश सभामा ६० बर्ष माथिका पनि ४ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन । यो उमेर समुहका १३ प्रतिशत प्रदेश सभा सदस्य निर्वाचित भएका छन । उनीहरु चारै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । जसमा कैलाली ४ (२) मा ६३ बर्षिय प्रकाश बहादुर बम, अछाम २ (२) मा ६८ बर्षिय मान बहादुर रावल, बझाङ (१) मा ६२ बर्षिय पृथ्वी बहादुर सिह र बैतडी (२) मा ६५ बर्षिय शिव राज भट्ट रहेका छन ।

प्रतिनिधिसभामा १३ प्रतिशत युवा

सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका १५ प्रतिनिधि सभा सदस्यमा १३ प्रतिशत अर्थात २ जना मात्रै युवा निर्वाचित भएका छन । दुवै जना नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन । निर्वाचित हुनेमा कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी ३९ बर्षिय रन्जिता श्रेष्ठ र कैलाली २ बाट ३७ बर्षिय अरुन कुमार चौधरी रहेका छन ।

प्रतिनिधि सभामा पनि ४१ देखि ६० बर्ष उमेर समुहका प्रतिनिधि सभा सदस्यको वर्चस्व रहेको छ । उक्त उमेर समुुहमा ५४ प्रतिशत अर्थात ८ प्रतिशत निर्वाचित भएका छन । जसमा नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका २, नेकपा एमालेका २ र नागरिक उन्मुक्ति पार्टीका १ जना रहेका छन ।

प्रतिनिधि सभामा सुदूरपश्चिमबाट ५ जना ६० बर्ष माथिका निर्वाचित भएका छन । उक्त उमेर समुहका प्रतिनिधि सभा सदस्य ३३ प्रतिशत रहेका छन । जसमा ४ जना कांग्रेसका र १ जना एकीकृत समाजवादीका रहेका छन ।

कांग्रेसबाट निर्वाचित हुनेमा डडेल्धुरामा ७७ बर्षिय प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवा, कैलाली ५ मा ६६ बर्षिय डिल्ली राज पन्त, अछाम २ मा ६१ बर्षिय पुष्प बहादुर शाह र दार्चुलामा ६८ बर्षिय दिलेन्द्र प्रसाद बडू रहेका छन । यो उमेर समुहमा बझाङबाट ६३ बर्षिय भानुभक्त जोशी एकीकृत समाजवादीबाट निर्वाचित भएका छन ।

प्रतिनिधि सभा अन्तरगत बाजुराको नजिता आउन बाँकी रहेको छ । नेपाली कांग्रेस र एमालेको वचस्र्व रहेको उक्त जिल्लामा कांग्रेसबाट ४८ बर्षिय बद्री प्रसाद पाण्डे र एमालेबाट ५४ बर्षिय कर्ण बहादुर थापा उम्मेदवार रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.