अत्तरिया – २०७४ को तुलनामा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ प्रतिनिधिसाभा र प्रदेश सभामा ठूलो प्रगती गरेको छ । उक्त निर्वाचनमा खुम्चिएर पुछारमा रहेको कांग्रेसले २०७९ मा उल्लेख्य प्रगती गरेको हो ।
०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ कांग्रेसले संघमा १ सिट र प्रदेशमा ४ सिट मात्रै जित्न सकेको थियो । ०७९ मा आउदा कांग्रेसले बाजुराको नतिजा आउँद बाँकी रहदा सम्म संघमा संघमा ७ र प्रदेशमा ११ सिट जितेको छ । उक्त सिट जित्दै कांग्रेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी पनि बनेको छ ।
उता एमालले ०७४ सालको निर्वाचनमा प्रत्यक्षमा संघमा ११ र प्रदेशमा १७ सिट जितेकोमा ०७९ मा आउदा संघमा २ सिट र प्रदेशमा ३ सिटमा खुम्चिएको छ । एमालेको संघमा ९ सिट र प्रदेशमा १४ सिट घटेको छ । यद्दपी बाजुराको नतिजा भने आउन बाँकी रहेको छ ।
०७४ को निर्वाचनमा बाम गठबन्धनको बलमा एमाले ठूलो बनेको भएपनि अहिले एक्लै चुनाव लड्दा ५ बर्ष पछि एमालेको नतिजा उल्टिएको छ ।
कांग्रेसले भने बाम गठबन्ध टुटेको फाइदा उठाउँदै आफ्नो सिट संख्या बढाएको छ । कांग्रेसले लोकतान्त्रीक बाम गठबन्धनको सहारामा उल्लेख्य प्रगति गरेको हो ।
यहाँ गठबन्धनबाट प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीलाई फाइदा पुगेपनि ०७४ को निर्वाचनमा एमालेलाई जिताउन ठूलो भूमिका खेलेको माओवादी केन्द्रलाई भने प्रतिनिधि सभामा धक्का लागेको छ ।
वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा ४ सिट जितेको माओवादी केन्द्र यस पटक शुन्य भएको छ । सत्तारुठ गठबन्धनबाट यस प्रदेशमा प्रतिनिधि सभामा एमाले बाटै टुक्रिएर बनेको एकिकृत समाजवादीलाई फाइदा पुगेको देखिन्छ । प्रतिनिधिसभामा भागबण्डा पाएका ३ वटै स्थानमा नेकपा एसले जित हासिल गर्न सफल भएको छ ।
सुदूरपश्चिममा लोकतान्त्रिक बाम गठबन्धन गर्दा नेपाली काग्रेसलाई ९, माओवादी केन्द्रलाई ४ र नेकपा एस लाई ३ सिट गरेर भागबण्डा मिलाइएको थियो । भागमा परेको कैलाली २, कैलाली ३, कंचनपुर १ र बैतडी गरेर ४ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले हार वेहोरेको हो । भागबण्डामा परेको डोटी, बझाङ र अछाम १ गरि ३ वटै क्षेत्रमा नेकपा एसले जितेको छ । नेपाली काग्रेसले कैलाली १ मा हार वेहोरेको छ भने डडेल्धुरा, कैलाली ४, कैलाली ५, कंचनपुर २, कंचनपुर ३, दार्चुला, अछाम २ मा जितेको छ । बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ ।
नागरिक उन्मुक्ती पार्टीको उदय
केहि महिना अघि मात्र गठन भएको नागरिक उन्मुक्तीपार्टीको यस प्रदेशमा उदय भएको छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । उसले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ ।
सो पार्टीले ५ प्रतिनिधि सभा मध्ये ३ र १०, प्रदेश सभा मध्ये ५ वटामा जित हात पारेको छ । पार्टीले प्रतिनिधि सभातर्फका क्षेत्र नं. १, २ र ३ मा जितेको छ । प्रदेश निर्वाचन क्षेत्रतर्फ १ र ३ को (क) (ख) मा गरी चारै ठाउँ २ को (ख) गरी १ ठाउँमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले कैलाली बाहेकका जिल्लामा जित हासिल नगरेको भएपनि प्रत्यक्ष तर्फको हालसम्मको मत परिणामका आधारमा संघमा दोस्रो र प्रदेशमा तेस्रो ठूलो द लबनेको छ ।