गोदावरीका ७ तस्विर (साताका तस्विर)

यो साता कैलालीको गोदावरी नगरपालिका भित्रका ७ तस्बिर यसमा प्रस्तुत गरिएका छन ।

Karma Consultancy

citizen security services

कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालका खालि बेड । बिरामीको चाप न्यून हुँदा यस अस्पतालका बेड अधिकासं समय खालि रहने गरेका छन । 

attariya hospital
अत्तरिया स्थित पूर्व पश्चिम राजमार्ग । अत्तरिया बजार क्षेत्रमा सडक चौडा भएपनि पुराना कल्भर्ट भएको ठाउँमा सडक साधुरा हुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ । यद्दपी यो कल्भर्ट बिस्तार गर्ने काम जारी रहेको छ ।

 

belauri nagarpalika

गोदावरीमा पिकनिक खानेको भिड । तिहास सकिएपछि देउसी भैलो खेलेर उठेको रकमले यस क्षेत्रमा पिकनिख खानेको भिड लाग्ने गरेको छ ।

गोदावरीमा सडक अतिक्रमण गरी बनाएका टहरा । भिमदत्त राजमार्ग अन्तरगत गोदावरी क्षेत्रमा स्थानीयले सडक अतिक्रमण गरेर घर तथा टहरा बनाएका छन ।
गोदावरी नदी किनारामा छटको सजावट । अत्तरियाको महेन्द्रनगर रोडमा छटको अवसरमा नदी किनारामा सजावट गरिएको थियो । गोदावरी क्षेत्रमा करिब डेढ सयको संख्यामा रहेका मानिसहरुले आइतबार यो पर्व मनाएका थिए ।
अत्तरिया गोदावरी सडक । ठाउँठाउँमा खाल्डाखुल्डी परेको यो सडक टालटुल पारिएको छ । यस सडकलाई चौडा गर्ने भनेपनि ठेकोदारको लापरवाहिका कारण काम अगाडी बढ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.