यो साता कैलाली भित्रका ७ तस्बिर यसमा प्रस्तुत गरिएका छन ।
भारतबाट आयात गरिएको आलु कैलाली भन्सार कार्यालयमा चेकजाँच गरिदै । नेपाल कृषिप्रधान देश भएपनि बर्षेनी ठूलो मात्रामा भारतबाट तरकारी आयात गर्ने गरिएको छ ।
कैलालीको गोदवारीमा पहिरोको जोखिममा रहेको घर । गोदावरीको काठे पुल संगै जोडिएको यो घर गत बर्ष नै पहिरो जादाँ जोखिममा परेको थियो ।
राष्ट्रिय परिचय पत्र लिनेको भिड । सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा दैनिक जसो भिड लाग्ने गरेको छ ।
कैलालीको गोदावरीमा बिक्रिका लागि राखिएका दाउरा । यस क्षेत्रका अधिकांस व्यवसायीहरुले गाउँबाट ल्याइएका दाउरा किनेर बिक्री गर्ने गरेका छन ।
भीमदत्त राजमार्ग निर्माणका क्रममा गोदावरीमा बनाईएका सडक कार्यालयका भवन । अहिले उक्त भवन प्रयोग विहिन हुँदा जिर्ण अवस्थामा रहेका छन ।
निर्माणको अन्तिरम चरणमा पुगेको गोदावरी नगरपालिकाको भवन । यो भवनको करिब ६ महिना अगाडी उद्घाटन गरिएको भएपनि अहिले सम्म निर्माणको काम नसकिएको भन्दै प्रयोगमा भने आउन सकेको छैन ।
अत्तरियाको पहाड रोडको किनारामा राखिएका ठेलागाडा । गोदावरी नगरपालिकाले बजार क्षेत्रबाट ठेलागाडा हटाउन भनेपछि अहिले ठेलागाडा व्यवसायीहरुले बसपार्क संगै जोडिएको पहाड रोड किरानामा राख्ने गरेका छन ।