नागरिकको वर्षाैदेखिको अवस्था चित्रण गर्ने त्यो एक घण्टा

अत्तरिया – नागरिकका ईच्छा, आवश्यकता र चाहनाहरु परिपुर्ति भएका छैनन् । देशमा पहिलो पटक संघियता आयो । देशले तिन तहका सरकार पायो । तर, नागरिकले राखेका अपेक्षाहरु भने पुरा हुन सकेनन् । नागरिकहरुले वर्षाैदेखि भ्रष्ट्राचार, बेथिति, विसंगती लगायतका समस्याहरुको सामना गर्नुपरिरहेको छ ।

maya metro hospital

त्यतिमात्रै हैन, नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउन नसकेको, शिक्षामा पनि भ्रष्ट्राचार मुछिएको, देश विकास गर्ने नेता भन्दा पैसावालालाई दलहरुले टिकट दिएको लगायत विषयहरु आमरुपमा सबैले बुझेका छन । नागरिकले वर्षाैदेखि झेल्दै आएका यस्ता समस्याहरु सोमबार एक घण्टाको अवधिमा देखियो ।

सोमबार काठमाण्डौंबाट आएको एक टोलीले कैलालीको अत्तरियामा माथी उल्लेखित सबै विषयवस्तुहरु समावेश गरेर एउटा नाटक प्रस्तुत गरेको थियो । एभरेष्ट एकेडेमीमा सञ्चालीत उक्त नाटकमा देशमा विद्यमान वर्तमान अवस्थाको चित्रण गरिएको थियो । शिल्पी थिएटरका कलाकारहरुले प्रस्तुत गरेको उक्त नाटकको सुरुवाती चरणमा चराचुरुङ्गी र वातावरणमा रुखको महत्वको बारेमा वर्णन गरिएको थियो ।

attariya hospital

सुरुवातमा २ जना कलाकारहरुले शहरीकरण र वायुप्रदुषणका कारण पंक्षीहरुको हालको अवस्थाको बारेमा प्रस्तुती देखाएका थिए । बुढीआमाले कागका लागी चारो फालेको, युवतीले चराहरुको नक्कल गर्दै सोही बमोजिम आफु चरा जस्तै बन्न चाहेको कुराहरु नाटकको पहिलो दृष्यमा प्रस्तुत गरिएको थियो ।

त्यतिमात्रै नभई नाटकको पहिलो दृष्यमा वनविनाशका कारण खोला नाला सुक्दै गएको, प्लाष्टिकजन्य सामग्रीको प्रयोगले वातावरणलाई प्रदुषित बनाईरहेको विषयहरु पनि उठान गरिएको थियो । नाटकको दोस्रो दृष्यमा थप २ जना कलाकारहरुको प्रस्तुती जोडिन्छ । दोस्रो दृष्यमा बाढी र डुबानले किसानको बालीनालीमा पु¥याएको क्षतीका साथै कृषि कार्यमा आवश्यक पर्ने मल तथा विउको समस्याको बारेमा प्रस्तुती दिईएको थियो । नाटकको तेस्रो दृष्य कृषिक्षेत्रमा लागेका विचौलियाहरुको बारेमा रहेको थियो । कृषिजन्य वस्तुहरु उत्पादन गरेर विक्रि गर्न लागेका किसानका घरमै आएर किसानलाई एकदमै सस्तो मुल्यमा बाली खरिद गर्ने एक जना दलालको बारेमा नाटकको तेस्रो दृष्य रहेको छ ।

नाटकको चौथो दृष्यले सरकारी कार्यालयहरुमा हुने बेथिति र भ्रष्ट्राचारको बारेमा जानकारी दिन्छ । चौथो दृष्यमा सरकारी कामका लागी नागरिकले बेहोर्नुपर्ने सास्ती र विचौलियाहरुको बिगबिगीको विषय उठान गरिएको छ । नाटकको पाँचौ दृष्यले शिक्षा क्षेत्रको बारेमा चित्रण गरेको छ । छात्रवृत्तिमा नाम निकालेकी एक विद्यार्थीको स्कुलको सर्टिफिकेट र नागरिकतामा एउटा सानो अक्षरको फरकका कारण विद्यार्थीले पढ्नै नपाएको अवस्था नाटकको पाँचौ दृष्यले देखाउँछ । सोही दृष्यमा सरकारी कार्यालयहरुले सिफारीसका लागी गरेको अटेरीलाई पनि प्रस्तुत गरिएको छ । त्यसका साथै सो दृष्यमा पावर पैसाको भरमा देशमा जुनसुकै अनैतिक कामहरु गर्न पनि छुट रहेको कुरा चित्रण गरिएको छ ।

यसैगरी नाटकको छैटौ दृष्यमा कुनै पार्टीको बैठक देखिन्छ । पार्टीको जिल्लास्तरको नेताले कार्यकर्ताहरुको भेला गरी विभिन्न समितिहरुमा बेकामे मान्छेहरुलाई राखेको र विरोधका विच पनि भिजन, क्षमता र दक्षता भएको मानिसलाई छाडेर पैसावाला मान्छेलाई टिकट दिईएको कुरा नाटकको छैटौ दृष्यमा देखाईएको छ । राजनीतिकै कारण युवाहरुले विदेशिन बाध्य हुनुपरेको कुरालाई पनि नाटकमा देखाईएको छ ।
नाटकको सातौ दृष्यले वर्तमान अवस्थामा टेक्नोलोजिका कारण बालबालिकाहरुमाथी पारेको प्रभावका विषयहरु उठाईएको छ । उक्त दृष्यमा एउटा विद्यार्थीले घरको कामको सट्टा मोबाईलमा टिकटक बनाईरहेको देखाईएको छ । यसैगरी सोही दृष्यमा राजनीतिमा महिलाहरुको न्युन सहभागीता हुने कारण पनि देखाईएको छ ।

नाटकको आठौं दृष्यले पहाडी क्षेत्रको परिवेश देखाएको छ । उक्त दृष्यमा चियापसलमा हुने राजनीतिक कुराकानी र मतदाताहरुलाई रिझाउन चुनावमा नेताहरुले गर्ने गतिविधिहरु समावेश गरिएका थिए । नाटकको अन्तिम दृष्यले स्वास्थ्य क्षेत्रमा हुने बेथितिको बारेमा वर्णन गरिएको छ । विरामीले मर्न लागेकी एउटी वृद्धलाई एम्बुलेन्समा लैजादा कमिसनको कुरा, त्यसमाथी उपचारका लागी महंगो रकम तिरेको कुरा नाटकको अन्तिम दृष्यमा देखाईएको थियो । वृद्धाको मृत्यु भएको र सोही ठाउँमा सुरुवाती चरणमा आएको कागको पनि मृत्यु भएसँगै नाटक सकिन्छ ।

एक घण्टाको नाटककले समग्रमा देशको वर्तमान अवस्थालाई चित्रण गरेको छ । घिमिरे युवराजको परिकल्पना तथा निर्देशन र पवित्रा ढकालको निर्देशन सहयोगमा बनेको उक्त नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराँव, झकेन्द्र बि.सि, ज्योती पोखरेल, सविन कट्टेल, रविन परियार, गोबिन्द ओली, हिमाल भुजेल, शुशिला लुहार, योगेन्द्र (ज्याक) बराल, स्मारिका फुयाँल, निर्मल साउँद र सुमित भण्डारीको अभिनय रहेको थियो । साना साना सपना नामको उक्त नाटकलाई नाटककारले मुक्त रंगमञ्चको नाम दिएका छन । नाटक लुम्बीनि, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २१ वटा ठाउँहरु देखाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.