अत्तरिया – बडादशैंको दोस्रो दिनदेखिको लगातार अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीय र सवारी चालक समेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पहाडी ७ जिल्ला जोड्ने अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएपछि सवारीसाधन आवतजावत हुन लागेकोे उनले बताए ।
