डडेल्धुरामा नेकपा एसद्धारा बागी उम्मेदवारी दिने तयारी

डडेल्धुरा – प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि बागी उम्मेदवारी दिने तयारी गरेको छ ।

maya metro hospital

एक प्रतिनिधिसभा रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ माग गरेको थियो । अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार कर्ण मल्लसँग पराजित तत्कालीन एमालेले जिल्ला अध्यक्ष डा. तारादत्त जोशीको लागि प्रदेशसभा दाबी गरिएको थियो । अहिले उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ । अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।

आफ्नो सशक्त दाबी हुँदा पनि भाग नपरेपछि दुवै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए ।

attariya hospital

‘जिल्लामा हामी अब गठबन्धनमा छैनौ’, उनले भने ‘दुवै प्रदेश सभामा स्वतन्त्र उम्मेदवार खडा हुनुहुन्छ ।’ प्रदेश २ मा तारा जोशीलाई नै उम्मेदवार बनाउने निर्णय भएको उनले सुनाए ।

अर्को क्षेत्रमा अन्य केही नेताहरू पनि छलफलमा रहेको उनको भनाइ छ । प्रतिनिधिसभा तर्फ पनि स्वतन्त्र उम्मेदवार उठाउने नभए गठबन्धनको उम्मेदवारलाई मत नदिने उनले बताए ।

उनका अनुसार नेकपा एसले डडेल्धुरामा काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री देउवालाई मत नदिने मनस्थितिमा पुगेका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.