खाेज्नुहाेस

अछाममा एमाले नेताले दिए पदबाट सामूहिक राजीनामा

Image

अछाम – भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको भन्दै १२२ जनाले राजिनामा दिएका हुन् ।

navjiwan hospital

अहिलेसम्म ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजिनामा दिएका छन् । क्षेत्र नं १ क्षेत्रिय निर्वाचन कमिटी संयोजक तथा जिल्ला सचिवालय सदस्य प्रकाश शाह, उपसंयोजक केशर मियाँ, जिल्ला कमिटी सदस्य दुतकला बिष्ट, बालगिरी कुँवर, टंक रावल लगायत १२२ जना नेताहरुले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

attariya hospital

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको, पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले राजीनामा दिएको निर्वाचन कमिटी संयोजक प्रकाश शाहले बताए ।