खाेज्नुहाेस

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

Image

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ।

attariya hospital
navjiwan hospital

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने छिन‍्।

सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ। टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।

रासस