गोदावरीका ७ तस्विर (साताका तस्विर)

यो साता सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका भित्रका ७ तस्बिर यसमा प्रस्तुत गरिएका छन ।

maya metro hospital

joshi vada pasal 2

कैलालीको गोदावरी नगरपालिका – ९ बल्मीमा संचालन गरिएको सरस्वती साधना विद्यालय मन्दिर । निजी क्षेत्रबाट संचालन हुने यो विद्यालयमा कक्षा ३ सम्म अध्यापन हुन्छ । ७० जना अध्ययन गर्ने यो विद्यालयको भौतिक संरचना निकै जिर्ण रहेका छन ।

खुटिया खोला किनार । यस बर्ष गोदावरी नगरपालिकाले खुटिया खोलाको ठेकेदार नपाउँदा असोज महिनामा पनि नदीजन्य बस्तु संकलन हुन सकेको छैन । जसले गर्दा नदी किनार अहिले सुनसान छ ।

गोदावरी नगरपालिका – ७ हरैयामा पाँच तारे आईडिया होटल एण्ड क्यासिनो खोल्ने क्षेत्र । यो ठाउँमा होटल निर्माणका लागि करिब २ महिना अगाडी भवनको शिलान्यास गरिएको भएपनि अहिले सम्म काम अगाडी बढेको छैन ।

अत्तरिया बसपार्कमा भरिभराव ठेलागाडा । दशैंमा अत्तरिया बसपार्कमा सवारी साधन मात्रै नभएर ठेलागाडा पनि भरिभराव भएका छन । जसले गर्दा बसपार्क अस्तव्यस्त बनेको छ ।

गोदावरी नगरपालिका ९ मा शिक्षक पुष्पराज जोशीको तरकारी बारी । उनले चर्को घाँमबाट बालिलाई जोगाउन ग्रिन नेट प्रयोग गरेर खुर्सानी खेती गरेका छन ।

कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको खेल मैदान । दशैंलाई लक्षित गरी यो मैदानमा फुटबल प्रतियोगिता आयोजना गरिएको भएपनि यो बर्ष मौसमले साथ नदीदा मैदान हिलाम्मे भएको छ ।

सम्मान पाएपछि खुसि देखिएका जेष्ठ नागरिक । शुक्रबार साना किसान सहकारी सस्था मालाखेतीले सहकारीमा आवद्ध ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान सहित भत्ता वितरण गरेपछि उनीहरु खुसि भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.