अत्तरिया बसपार्कमा यात्रुको घुइँचो, एक्ट्रा बसका नाममा एक्ट्रा टिकट लिइदैं

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा दशैं मनाउन पहाडी जिल्ला जाने यात्रुको घुइँचो लाग्न थालेको छ । घटस्थापनाको दिन यता दशैं मनाउन तराई तथा पुर्वी जिल्लाबाट अत्तरिया बसपार्क भएर जाने यात्रुका कारण बसपार्कमा घुईचो लाग्ने गरेको हो ।

maya metro hospital

विशेष गरेर साँझ र बिहानको समयमा बसपार्कमा निकै भिड हुने गरेको छ । बसपार्कमा यात्रुहरुको भिड बढेपनि सोही अनुसार बिभिन्न यातायात व्यवसायीहरुले अतिरिक्त सवारी साधन समेत थपेका छन । जसले गर्दा सामान्य समयको तुलनामा बसपार्कमा सवारी साधनको समेत चाप बढेको छ ।

joshi vada pasal 2

यात्रुहरुकै अनुपातमा सवारी साधनको संख्या पनि थपिएकाले टिकट पाउन भने त्यति समस्या नभएको अत्तरिया देखि दिपायलको यात्रा गर्न अत्तरिया बसपार्कमा पुगेका चक्र कामीले बताए । भजनीबाट दिपायल जान अत्तरिया बसपार्कमा आएका उनले टिकट पाउन समस्या नभएको बताए ।

‘टिकट त पाईयो । तर, क्याविनमा सिट छ भन्दैथे । यात्रा कस्तो हुन्छ थाहा छैन’ बिहिबार साँझ बसपार्कमा भेटिएका उनले भने ‘टिकट भने अलि बढी लियो ।’ उनले पहिले ७ सय टिकट लिने गरेकोमा अहिले ७ सय ५० रुपैयाँ लिएको बताए ।

एक्ट्रा बस एक्ट्रा टिकट

अन्य समयको तुलनामा अत्तरियाबाट ४/५ गुणा बढी यात्रु यात्रा गर्ने भएकाले यातायात व्यवसायीहरुले एक्ट्रा (अतिरिक्त) गाडी थप गरेका छन । उनीहरुले सबै यात्रुहरुलाई सेवा दिन एक्ट्रा बस थपेका भएपनि भाडा पनि एक्ट्रा लिदा यात्रुहरु मारमा परेका छन । अत्तरियाबाट बैतडी यात्रा गर्न अत्तरिया बसपार्कमा बसको प्रतिक्षामा रहेका नरेश भट्टले दशैंको समयमा टिकट काउन्टरमा टिकट पाउनु नै ठूलो कुरा हो भन्दै बढी पैसा लिने गरेको बताए । उनले आफूले बाध्य भएर बढी टिकट तिरेको बताए ।

अत्तरियाबाट बैतडीको देहिमाण्डौ जाँदै गरेका सचिन कोलीले आफूबाट टिकट काउन्टरमा १ सय ५० रुपैयाँ बढी टिकट लिएको बताए । बिहिबार साँझ अत्तरियामा रहेको पवनदुत यातायात प्रालिको काउन्टरबाट ९ नम्बरको बसमा टिकट काटेका उनले देहिमाण्डौं सम्मको ८५० भाडा भएपनि १ हजार लिइएको बताए ।

‘अहिले सबै गाडीका सिट अग्रीम नै बुक भइसकेका छन । यी एक्ट्रा गाडी हुन । यसमा अलि बढी भाडा पर्छ’ टिकट काउन्टरलाई उदृत गर्दै उनले भने ‘दशैंका लागि घर नगई नहुने थियो । अन्त कतै टिकट नपाएपछि बाध्य भएर तिर्नुप-यो ।’

उनले बढी भाडा तिरेर पनि नर्मल गाडीमा कोचाकोच गरेर यात्रु भरिएको बताए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक प्रविण धितालले बसपार्कमा एउटा ट्राफिक बिट भएपनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष मार्फत थप प्रहरी परिचालन गरिएको बताए ।

उनले ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयबाट प्रहरी रहने गरी यात्रु सहायता कक्षको व्यवस्था गरिएको बताए । उक्त यात्रु सहायता कक्षमा बिहान ६ बजे देखि साँझ सम्म प्रहरी बस्ने गरेका छन ।

अत्तरिया बसपार्कमा यात्रु र सवारी साधनको चाप बढेपछि भने बसपार्क अहिले अस्तब्यस्त बनेको छ । ग्राबेल गरिएको बसपार्क सवारी साधनको चाप बढ्दा धुलाम्मे बनेको छ भने त्यसमा जताततै फालिएका फोहोरले बसपार्क दुर्गन्धित समेत बनेको छ । पछिल्लो समय अत्तरिया बजार क्षेत्रका ठेलागाडा पछि बसपार्कमा अव्यवस्थित तरिकाले राखिदा दुर्घटनाको जोखिम समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.