ओलानीको सोट्यास बस्ती स्थानान्तरण गर्न माग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीमा रहेको सोट्यास बस्तीलाई स्थानान्तरण गर्न माग गरिएको छ । मछेली नदीमा आउने बाढीले बर्षेनी उक्त बस्तीमा घर खेत बगाउन थालेपछि स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका हुन ।

maya metro hospital

स्थानीय टेक बहादुर साउँदले नदीमा तटबन्ध गरिदा पनि कटान नरोकिएकाले बस्ती स्थानान्तरणको बिकल्प नरहेको बताए । उनले बर्षातमा मछेलीमा आउने बाढीले कुन दिन बस्ती बगाउने हो भन्ने त्रासका बिच आफूहरु बसिरहेको बताए ।

joshi vada pasal 2

‘बस्ती नदीले काटिरहेको छ । त्यही भएर हामीले बस्ती स्थानान्तरण गर्न माग गरेका हौ’ उनले भने ‘मेरो ५ कट्टा जग्गा नदीले बगाइसकेका छ । यो बस्ती जोगाउन तटबन्धन गरेर पनि हुने देखिएको छैन ।’

स्थानीय सुरेश कौसेलले नदीले आफ्नो ७ कट्टा जग्गा कटान गरिसकेको बताए । उनले नदीमा तटबन्धन निर्माण गरिएको भएपनि त्यसले पनि कटान नरोकिएको बताए । ‘बर्षातमा धेरै ठूलो बाढी आउन्छ । बाढीले यस बर्ष तटबन्धनमा पनि क्षति गरेको छ’ एमालेका नगर कमिटी सदस्य समेत रहेका उनले भने ‘यो बस्ती मछेलीबाट जोगाउन मुस्किल छ । त्यसैले यो बस्तीलाई स्थानान्तर गरिनुपर्छ ।’ उनले मछेली नदीले सोट्यास बस्तीको ७५ बिगाहा मध्ये ६५ विगाहा जग्गा नदीले कटान गरिसकेको बताए ।

बर्षेनी बस्ती नदीले कटान गरिरहेको भएपनि २०६४, २०७४ र २०७९ मा भने मछेलीमा ठूलो बाढी आएको स्थानीयले बताएका छन । उक्त बाढीले बस्तीको अधिकांश जग्गा बगरमा परिणत भएको छ । बाढीले हालसम्म ४ परिवारको घर समेत बगाएको स्थानीय कौसेलले बताए । खेत कटान गर्दै नदी बस्ती नजिक पुगिरहेकाले अब ठूलो धनजनको क्षति हुन नदीन बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको स्थानीयको भनाई छ ।

मछेली नदीको कटान रोक्न हालसम जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय धनगढीले ५६ लाख खर्च गरेर तटबन्धन र स्पर निर्माण गरेपनि बस्तीको जोखिम टरेको छैन ।

वडाबाट नगर र नगरबाट जिल्लामा सिफारिस

२०६४ सालदेखि मछेलीको बाढीले बस्तीमा क्षति पुगाउँदै आएको भएपनि हालसम्म पीडितले राहत भने पाउन सकेका छैनन् । भदौ ३१ को बाढीले पुनः बस्तीमा क्षति पु-याएपछि स्थानीयले पुनः राहत संगै बस्ती स्थानान्तरको माग गरेका छन् । सोही अनुसार स्थानीयको माग सुनुवाई गर्ने प्रक्रियागत कागजी काम अगाडी बढेको छ ।

जसअनुसार स्थानीयले राहत र वस्ती स्थानान्तरको माग गर्दै वडामा निवेदन दिएका छन भने वडाले उक्त निवेदनको आधारमा वडाले स्थानीयको माग सहितको सिफारिस पत्र नगरमा बुझाइएको छ ।

नगरले पनि उनीहरुको माग नगरबाट मात्रै सम्बोधन हुन नसक्ने बताउँदै वडाको सिफारिसका आधारमा अर्को सिफारिस पत्र बनाएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उक्त सिफारिस पत्रहरु मंगलबार वडा अध्यक्ष भीम बहादुर खड्का सहितको टोलीले नगर र जिल्ला प्रशासन कार्यालयमा बुझाउन गएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.