कैलालीबाट लागु औषध सहित एक युवक पक्राउ

अत्तरिया – प्रहरीले कैलालीबाट लागु औषध (खैरो हिरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका – ३ कुसुमघाट सोही नगरपालिकाको वडा नम्बर १ बस्ने २८ बर्षिय सुगन्ध बस्नेतलाई पक्राउ गरेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बस्नेतमाथि शंका लागेर चेकजाँच गर्दा ५ ग्राम लागु औषध (खैरो हिरोइन) फेला परेका थियो । बस्नेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.