खाेज्नुहाेस

कैलालीमा अन्तरराष्ट्रिय लेखा शिक्षा प्रदान गर्ने एसीसीए कोर्सको अध्ययन सुरु हुदै

Image

अत्तरिया– कैलालीमा अब अन्तरराष्ट्रिय लेखा शिक्षा प्रदान गर्ने एसीसीए (यसोसियसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टस्) कोर्सको अध्ययन सुरु हुने भएको छ । जिल्लाको धनगढीमा एएएफए धनगढी (AAFA Dhangadhi) नामक संस्थाले सो कोर्सको अध्ययन सुरु गर्न थालेको हो ।

navjiwan hospital

धनगढी– ४ मा अन्तरराष्ट्रिय स्तरको लेखा शिक्षा दिने उद्देश्यले अध्यापन सुरु गर्न थालेको संस्थाका सञ्चालक विपिन भण्डारीले जानकारी दिए । उनले स्वदेशमै युवाहरुलाई लेखा सम्बन्धीका अन्तरराष्ट्रियस्तर सम्मका शिक्षा दिने उद्देश्यले उक्त कोर्सको अध्यापन सुरु गर्न थालिएको बताए । उनले सुदूरपश्चिममै पहिलो पटक उच्च गुणस्तरको अन्तरराष्ट्रिय लेखा शिक्षा दिईने समेत दावी गरे । सो कोर्सले विद्यार्थीहरूलाई लेखा, अडिट, कर, वित्तीय व्यवस्थापन र रणनीतिक योजना जस्ता विषयमा दक्ष बनाउने उनले बताए ।

attariya hospital

यही असार १५ गतेदेखी धनगढीमा सो कोर्सको उद्घाटन गरिने भण्डारीले बताए । उद्घाटनसँगै नियमित कक्षा सञ्चालनमा ल्याइने उनको भनाई छ । विद्यार्थीहरुलाई अडिटसम्बन्धीका कुराहरुका बारेमा ज्ञान हासिल गर्न कोर्सले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई रहेको छ ।