खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर युवकको मृत्यु 

Image

टीकापुर – कैलालीको टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  बिहिबार टीकापुर नगरपालिका –  ९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर मृत्यु भएको हो ।

navjiwan hospital

उनलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिए ।

attariya hospital

करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।