खाेज्नुहाेस

कैलालीमा रोपाइँ सकियो 

Image

धनगढी – कैलालीमा रोपाइँ सकिएको छ । जेठ अन्तिमतिरबाट सुरु भएको रोपाइँ असार अन्तिमतिर सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका प्रमुख टेक विष्टले जिल्लामा लगभग सबैतिर रोपाइँ सकिएको बताए ।

navjiwan hospital

कृषि उर्वर भूमि मानिने कैलालीमा ९१ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ । जसमध्ये यसवर्ष ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष यहाँ प्रति हेक्टरमा ३.४ मेट्रिकटनको दरले धान फलेको थियो । यसवर्ष उत्पादन केहि हदसम्म बढ्ने सम्भावना रहेको जनाइएको छ ।

attariya hospital

रोपाइँ सकिएपछि किसान रासायनिक  मलको जोहोमा दगुर्न थालेका छन् । मल अभावका कारण मल पुगेको सहकारीमा उनीहरुको तछाडमछाड भइरहेको छ ।