खाेज्नुहाेस

महाकालीमा बगेर एक जना बेपत्ता 

Image

दार्चुला – दार्चुला स्थित महाकाली नदीमा बालुवा निकाल्ने क्रममा बगेर एक जना बेपत्ता भएका छन् ।

navjiwan hospital

बिहीबार साँभ महाकाली नगरपालिका–४ स्थित बाङ्गाबगर क्षेत्र महाकाली किनारमा बालुवा निकाल्ने क्रममा दुहु गाउँपालिका–३ बाटमुनिका दिपु लोहार बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

attariya hospital

बेपत्ता लोहारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालले बताए । अहिले तल्लो तटीय क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रहरीको भनाइ छ ।