कैलालीमा कालोपत्रे र बिस्तार गर्ने भन्दै एउटै सडकमा दुई ठेक्का

अत्तरिया – कैलालीको अत्तरियामा एउटै सडकलाई कालोपत्रे र बिस्तार गर्न दुई छुट्टाछुटै ठेक्का गरिएको छ । भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाको पहाड रोडमा एकै ठाउँमा कालोपत्रे गर्न र सडक बिस्तार गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले दुई वटा छुट्टाछुटै ठेक्का गरेको हो ।

गोदावरी नगरपालिकाको नवनिर्मीत भवन जाने बाटो देखि सैनिक आवासिय महाविद्यालयको गेट सम्म सडक बिस्तार गर्न नागार्जुन कन्स्ट्रक्सनसंग ठेक्का गरिएको छ भने सोहि क्षेत्रमा सडकमा परेका खाल्डा पुर्न ठाकुर कन्स्ट्रक्सनसंग अर्को ठेक्का पनि गरिएको छ ।

joshi vada pasal 2

सुरुमा नागार्जुन कन्स्ट्रक्सनसंग गरिएको ठेक्काको काम म्याद सकिदा पनि अगाडी बढ्न सकेको छैन । पुरानो ठेक्काको काम अलपत्र परेकै अवस्थामा सडक डिभिजन कार्यालयले सोही क्षेत्रमा सडक टाल्न नयाँ ठेक्का गर्दा सडक झनै अस्तव्यस्त बनेको छ ।

एउटा ठेकेदारले सडकको किनारामा काम अधुरो छोडेका छन भने अर्को ठेकेदारले सडकको बिचमा काम गरिरहेका छन । नागार्जुन कन्स्ट्रक्सन संग सडक डिभिजन कार्यालयले सो क्षेत्रमा ७ सय मिटर सडकलाई चौडा गर्न भ्याट सहित ३ करोडमा ठेक्का सम्झौता गरेको थियो । जसअन्तरगत ७ सय मिटर सडकलाई दुवैतर्फ ३/३ मिटर बिस्तार गर्नुपर्ने सम्झौता गरिएको थियो भने सोही सम्झौतामा गोदावरी देखि फल्टुडे सम्मको सडकका मोडहरुमा मर्मत सम्भार गर्ने उल्लेख थियो ।

maya metro hospital

उक्त सम्झौता भएको डेढ बर्ष बितिसक्दा पनि हाल सम्म १ सय मिटर मात्रै सडक बिस्तारको काम सम्पन्न गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पियुस चटौतले उक्त काम सम्पन्न गर्नका लागि पटक–पटक ताकेता गरिएको भएपनि ठेकेदारले बेवास्ता गरेको बताए । उनले उक्त ठेक्काको म्याद चैत्र महिनामा सकिएको बताए ।

bishal shuit house

अहिले खरिद नियमावली १२ औं संसोधन अनुसार म्याद थप गरिएपनि काम भने अगाडी बढ्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुरानो ठेक्का अन्तरगत नागार्जुन कन्स्ट्रक्सनले सडक किनाराको माटो निकालेर ग्राभेल गरेको थियो । तर, सो क्षेत्रमा कालोपत्रे नगरिदा अहिले सडक किनारा धुलाम्मे हुने गरेको छ । इन्जिनियर चटौतले उक्त क्षेत्रमा बिच सडकमा पनि कालोपत्रे फुटेर यातायात संचालनमा समस्या हुन थालेपछि अर्को ठेक्का मार्फत काम अगाडी बढाइएको बताए ।

जसका लागि ठाकुर कन्स्ट्रक्सनसंग ६४ लाखमा ठेक्का सम्झौता गरिएको छ । उक्त कम्पनीले भने हाल धमाधम काम गरिरहेको छ । ठाकुर कन्स्ट्रक्सनका प्रतिनिधि भुपेन्द्र सिँहले आफूहरुले सडक फुटेको ठाउँमा १ हजार वर्गमिटर कालोपत्रे गर्ने गरी ठेक्का पाएको बताए । उनले सो काम हाल तिव्र गतिमा अगाडी बढेको र, निर्माण अवधि अगाडी नै काम सम्पन्न गरिने बताए । सडक डिभिजन कार्यालयका अनुसार ठाकुर कन्स्ट्रक्सनलाई काम सम्पन्न गर्नका लागि मंसिर सम्मको म्याद दिइएको छ ।

अत्तरिया देखि गोदावरी सम्मको सडक खण्डमा सवारी साधनको चाप बढी हुने भएपनि सडक साधुरो हुँदा सो क्षेत्रमा दुर्घटनाको जोखिम संगै यातायात संचालनमा समेत समस्या हुँदै आएको छ । यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगरले नै अत्तरिया देखि गोदावरी नगरपालिका नवनिर्मीत भवन जाने बाटो सम्मको सडक चौडा गरेको थियो ।

त्यसपछि गोदावरी नगरपालिकाको नवनिर्मीत भवन जाने बाटोदेखि ७ सय मिटर अगाडी सम्मको सडक चौडा गर्ने गरी ठेक्का सम्झौता गरिएको भएपनि काम सम्पन्न नहुँदा सो क्षेत्रको सडक झनै अस्तव्यस्त बनेको छ । हाल सो सडकमा पर्ने कल्भर्ट पनि चौडा गर्ने काम जारी रहेको छ । जसका लागि सडक डिभिजन कार्यालयले चन्द ग्रुप सप्लायर्स संग डेढ करोडमा ठेक्का सम्झौता गरेको छ । जस अन्तरगत अत्तरियाकै पुर्व रोड र महेन्द्रनगर रोडमा रहेको कल्भर्ट चौडा गरिदै छ ।

सरकारले बर्षौ पुराना सडकलाई बिस्तार गर्ने समग्र योजना नल्याउँदा अहिले पनि एउटै सडक बिस्तार र मर्मतका नाममा टुक्रे योजना बनाईदै आएका छन । पुर्व पश्चिम राजमार्गलाई पनि सरकारले ४ लेनको बनाउने घोषणा गरेपनि हाल पनि सडक किनारामा माटो थप्दै टुक्रे योजना बनाएर बजार क्षेत्रहरुमा सडक बिस्तार गरिदै आएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.