अत्तरिया – कैलालीको मुडा बजारमा टिफिनको बट्टामा संकाष्पद बस्तु भेटिएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका – १ मुडा बजार नजिकै टिफिनको बट्टामा संकास्पद बस्तु फेला परेको हो ।

उक्त टिफनको बट्टामा कालो प्लाष्टिकले बेरेर तार बाहिर निकालेको अवस्थामा संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त स्थानमा हाल ५ जना प्रहरीको टोली खटिएको र, सेनाको डिष्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।


















