धनगढीमा सशस्त्र प्रहरीद्वारा २ लाख बढीको बेवारीसे कपडा बरामद

धनगढी – कैलालीमा भारतबाट चोरी गरेर ल्याईएको कपडा बरामद गरिएको छ । भारतबाट ल्याएर धनगढी उप–महानगरपालीका – १३ राजपुरमा वेवारिसे अवस्थांमा छोडिएकोे २ लाख ३२ हजार ७ सय बराबरको बेवारीसे कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

maya metro hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढी कैलालीबाट खटिएको टोलीले उक्त कपडा बरामद गरी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराले जनाकारी दिएका छन ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.