निर्माण सम्पन्न नहुँदै दुर्गालक्ष्मी सामुदायीक वनको भवन जिर्ण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी सामुदायीक वनको भवन निर्माण नहुँदै जिर्ण बनेको छ । ४ बर्ष अगाडी अधुरो निर्माण गरेर छोडिएको भवन जिर्ण बनेको हो । उक्त भवन २०७५ सालमा सामुदायीक वन उपभोक्ता समितिले करिब २६ लाख खर्चेर निर्माण गरेको थियो । उक्त भवन आर्थीक अभावका कारण निर्माण सम्पन्न गर्न नसकिएको वनकी अध्यक्ष दुर्गा कडायतले बताईन् ।

‘वनकै आन्तरिक आयबाट समिति मार्फत नै भवन निर्माणको काम सुरु गरेका थियौ’ उनले भनीन् ‘भवन निर्माण गर्दै गर्दा रकम अभाव भएर काम रोकिएको थियो ।’ उनले २ बर्ष यता कोरोना महामारीका कारण पनि भवनको निर्माण कार्य अगाडी बढाउन नसकिएको बताईन् ।

joshi vada pasal 2

हल सहित ३ कोठा रहेको उक्त भवनको छानो ढलान गरिएको छ । फिनिसिङको काम मात्रै बाँकी रहेको उक्त भवनको भित्तामै अहिले घाँस उम्रिएको छ । झ्याल ढोका नहुँदा उक्त भवनमा छाडा गाईगोरु र बिभिन्न नसालु पदार्थ सेवन गर्नेहरुले डेरा जमाउने गरेका छन ।

वनले रकम अभावका कारण भवन सम्पन्न गर्न नसकेको जनाएपनि भवन परिसरमै रहेको लाखौंको काठ भने कुहिने अवस्थामा पुगेको छ । वनकी अध्यक्ष कडायतले काठ चिरानीको आदेश नपाउँदा त्यतीकै थन्किएको बताईन् ।

maya metro hospital
bishal shuit house

उनले सरकारले काठ बिक्री तथा चिरानको लागि अनुमति रोक्का गरेको बताईन् । भवन निर्माणका लागि नगरपालिका संग पटक–पटक आग्रह गरेको भएपनि सहयोग नपाएको उनको गुनासो छ ।

वन चौतर्फि अतिक्रमणमा

आर्थीक अभावमा वनको आफ्नै भवन अलपत्र परेको भएपनि वन अतिक्रमण गरेर भने बिभिन्न संघ संस्थाका भवन ठडिएका छन । अत्तरिया बजार संगै जोडिएको उक्त वनमा दर्जनौ संघ संस्थाले अतिक्रमण गरेका छन भने केहीले पक्की भवन समेत निर्माण गरेका छन । बिभिन्न राजनीतिक दल र तिनका नेताकै सरक्षणमा वनमा बिभिन्न संघसस्थाले जग्गा अतिक्रमण गरिएको भएपनि वनकै पदाधिकारी र वन कार्यालय भने मौन बस्ने गरेका छन ।

अध्यक्ष कडायतले वनमा गरेको अतिक्रमण हटाउन गए मन्त्री, सांसद, नेताको नाम लिने गरेको बताईन् । ‘संरचना बनाउन रोक्यो भने मन्त्रालयबाटै बजेट आएका कागजात देखाउने गरेका छन’ उनले भनीन ‘म अध्यक्ष हुनु भन्दा पहिले नै बिभिन्न संस्थाहरुले ओगटेर राखेका थिए । हामीले पछि संरचना भत्काउन खोज्दा यहाँका राजनीति दल, मन्त्रालय, प्रदेशबाट हामीलाई बनाउनु भनेका छन भन्छन ।’

१ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनको राजमार्ग किनार क्षेत्र अतिक्रमणमा परेको छ । त्यस्तै वन क्षेत्रमै अत्तरिया बसपार्क समेत निर्माण गरिएको थियो । यद्दपी हाल उक्त क्षेत्र नेपाली सेनाले पनि आफ्नो भएको दावी गरेको छ । उक्त वनमा हाल ८ सय जना उपभोक्ता रहेका छन । हाल वनको १३ औं साधारण सभाबाट शिवा कडायत अध्यक्षमा निर्वाचित भएकी थिईन । उनले अझै अध्यक्ष पदमा सपथ लिन भने बाँकी रहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.