अत्तरियामा रहेको किसान कृषि सहकारीको सातौ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष कृष्णा भाटको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन ।

२०७२ साल सावन १२ गते २७ जना शेयर सदस्यबाट उठेको रकमले स्थापना गरिएको उक्त सहकारीमा आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १६६६ जना शेयर सदस्य रहेका छन् भने ४७ लाख ८१ हजार शेयर पुँजी रहेको छ ।

joshi vada pasal 2

उक्त आर्थिक वर्षमा संस्थाले ३ करोड ५० लाख ५१ हजार ७ सय ९१ रुपैयाको कारोबार गरेको छ भने त्यसबाट संस्थाले ७ हजार ७ सय ५ रुपैँया खुद नाफा कमाएको छ । कार्यक्रममा संस्थाको हितका लागी कार्य गरेको भन्दै ७ जना कर्मचारीहरुलाई सम्मानित गरीएको थियो ।

कार्यक्रममा संस्थाकी प्रबन्धक सोना रोकायाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने लेखा समिति संयोजक टंक प्रसाद जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

maya metro hospital
bishal shuit house

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेयरसदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिईन ।

अध्यक्षमा कुँवर चयन

यसैबिच संस्थाको अध्यक्षमा राधा विष्ट कुँवर चयन भएकी छन । साधारण सभाको बन्दसत्रले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसैगरी संस्थाको उपाध्यक्षमा उपाध्यक्षमा शान्ति विक, सचिवमा खिना भाट र कोषाध्यक्षमा पशुपती भट्ट चयन भएकी छन् ।

यस्तै संस्थाको सदस्यहरुमा चाँदनी बोगटी, डम्मरी देवी देउवा, कुन्ती देवी भाट, रुक्मणी पनेरु, पुजा शर्मा, सुमती वि.क र कलावती भट्ट चयन भएकी छन् ।

बन्दसत्रले संस्थाको लेखा समिति संयोजकमा टंक प्रसाद जोशी तथा सदस्यमा शान्ति देवी फुलारा र ज्ञानु तिवारीलाई चयन गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.