फेरीदै दोधरा चाँदनी, हट्दै भारतीय निर्भरता

अत्तरिया – महाकाली पारीको दोधरा चाँदनी बासीको भारतीय निर्भरत हट्दै गएको छ । महाकाली नदीमा झुलुङ्गे पुल संगै ४ लेनको पक्की पुल निर्माण भएपछि अहिले दोधरा चाँदनी बासीको दैनिकी नेपाली बजार संग जोडिन थालेको हो ।

maya metro hospital

२०६१ सालमा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिएको भएपनि चारपाग्रे सवारी साधनको पहुचमा दोधरा चाँदनी पुग्न सकेको थिएन । जसले गर्दा यहाँ पुग्न मोटरसाइकलकै भर पर्नु पर्ने हुन्थ्यो । जुन निकै जोखिमपुर्ण थियो ।

joshi vada pasal 2

निर्माणाधिन ४ लेन पुलमा अहिले यातायातका साधन संचालनमा आएपछि भने दोधरा चाँदनीको पहिचान नै फेरिएको छ भने भारतीय निर्भरता पनि हटेको छ । दोधरा– चाँदनी नगरपालिका – १ का लक्ष्मण महरले पहिले चार पाग्रे सवारी साधनमा यात्रा तथा सामान ढुवानी गर्न भारतमा भर पर्नुपर्ने भएपनि अहिले त्यो बाध्यता हटेको बताए ।

उनले बिरामी हुँदा पनि एम्बुलेन्समा महेन्द्रनगर बजार आउन भारतीय बाटो प्रयोग गर्दा निकै झमेला हुने गरेकोमा अब त्यो समस्या हटेको बताए । ‘महेन्द्रनगर जानको लागि बनवासा पुलमा भारतीय प्रहरीको अनेकन झमेला भोग्नु पथ्र्यो । इमरर्जेन्सीमा महेन्द्रनगर जानुपरे त असम्भव जस्तै थियो’ उनले भने ‘अहिले त निकै ढुक्क भएका छौ । जुन सुकै समयमा पनि महेन्द्रनगर बजार जान सकिन्छ । रातमा कोही बिरामी भएमा ढुक्कका साथ महेन्द्रनगर पुगाउन सकिन्छ ।’

दोधरा चाँदनीबाट महेन्द्रनगर बजार आउन मात्रै नभएर अहिले दोधरा चाँदनी भित्रकै यातायात संजालमा निकै सुधार आएको छ । १० बर्ष पहिलेको मात्रै तुलना गर्ने हो भने यहाँ सडक संजालले निकै फड्को मारेको छ । साइकल मोटरसाइकल चलाउन पनि हम्मेहम्मे पर्ने यहाँका सडकहरुमा अहिले निकै फराकिला भएका छन । जसले गर्दा अहिले यस क्षेत्रमा अटोरिक्सा, ई रिक्साले यात्रुलाई ओसार–पसार गरिरहेका छन । जवकी त्यसअघि यहाँ यात्रा गर्न पनि ‘मुद्रे यातायात’ का नामले परिचित मोटरसाइकलको भर पर्नुपर्ने बाध्यता थियो ।

दोधरा चाँदनी नगरपालिका – ७ का चंचली कोलीले फेरीएको दोधरा चाँदनी संगै दैनिकी पनि फेरिएको बताए । ६५ बर्षीया कोलीले १० बर्ष अगाडी र अहिलेको दोधरा चाँदनीमा निकै ठूलो परिवर्तन आइसकेको बताए ।

‘पहिले एक ठाउँबाट अर्को ठाउँमा जान किनै समस्या हुन्थ्यो । बाटाघाटाको पनि निकै समस्या थियो । बर्षातमा त बाटाघाटा झन हिलाम्मे हुन्थे’ उनले भन ‘अहिले अधिकाशं बाटाघाटा सुधार भएका छन । आवतजात गर्न सजिलो भएको छ । बाटाहरु फराकिला पनि भएका छन ।’ उनले महाकाली पुलमा ४ लेनको सडक निर्माण भएपछि दोधरा चाँदनीको मुहार नै फेरिएको बताए । उनले भने ‘महेन्द्रनगर बजार पुग्न निकै संघर्ष गर्नुपथ्र्यो । अहिले यहिबाट बस चल्न थालेका छन ।’

दोधरा चाँदनीको विकास संगै जग्गाको भाउ भने आकाशिएको छ । राम्रो उब्जाउ हुने खेत पनि अहिले खण्डिकरण हुँदै गएका छन । हाल दोधरा चाँदनीको वडा नम्बर १ मा सुख्खा बन्दरगाह निर्माणको लागि पनि प्रक्रिया अगाडी बढेको छ । जसको निर्माण भएमा यस क्षेत्रको विकासले झनै छलाङ मार्ने निश्चित छ ।

उक्त बन्दरगाहा निर्माणको पुर्वाधारका रुपमा हाल महाकाली नदीमा ४ लेनको पक्की पुल र पहुचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.