यस्तो बन्यो महाकाली पुल र पहुचमार्ग (फोटोफिचर)

कञ्चनपुरको महाकाली नदिमा हाल ४ लेनको पक्की पुल निर्माणको काम जारी रहेको छ । पुलको काम अन्तिणमा पुगेको भएपनि पुल जोड्नु पहुच मार्गको काम भने अझै १५ प्रतिशत सम्पन्न हुन बाँकी छ । पुल निर्माण पछि दोधारा–चाँदनी नगरपालिका सडक सञ्जालसँग जोडिएको छ भने दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको आधारस्तम्भ पनि तयार भएको छ । महाकाली पुल योजना २०८० को असार मसान्त भित्र सकिने जनाइएको छ । पुल निर्माणका लागि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो ।

maya metro hospital

joshi vada pasal 2

हाल ८ सय मिटर लम्बाईको पुलको केही भाग मात्रै कालोपत्रे गर्न बाँकी रहेको छ भने पहुँच मार्ग पनि करिब २ किलोमिटर मात्रै कालोपत्रे हुन बाँकी रहेको छ । केही कालोपत्रे गरेको भाग भने गत बर्ष आएको बाढीले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.