अत्तरियामा पानी निकास नहुने नाला निर्माण, सडक झन हिलाम्मे

 

अत्तरिया – पानी निकासका लागि बनाईको नाला नै तारीतिरबाट बन्द भएपछि कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया बजार क्षेत्रमा पर्ने समता गल्ली झन हिलाम्मे बनेको छ । उक्त गल्लीमा गत आर्थीक बर्षमा ३ सय मिटर लम्बाइको नाला निर्माण गरिएको भएपनि चारैतिरबाट बन्द हुँदा नाला संगै सडकमा पानी जम्न थालेको हो ।

maya metro hospital

उक्त सडकमा दुइतर्फी नाला निर्माण गरिएको भएपनि नालाको अन्तिम बिन्दुमा अर्को बिना नालाको सडकले छेकेको छ । जसका कारण सो क्षेत्रमा झन पानी जम्ने समस्या बढेको समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डेले बताईन् । उनले गहिरो नाला निर्माण गर्दा झन डुवानको समस्या बढेको बताईन् ।

joshi vada pasal 2

‘विद्यालयको अगाडी सडकभन्दा करिब ५ फुट गहिरो नाला बनाइएको छ’ उनले भनीन ‘नालाको पानीको निकास बन्द हुँदा नालामा साना बालबालिका डुब्ने खतरा छ ।’ उनले नालाको जोखिमका कारण विद्यालयको मुल गेट नै बन्द गरेको बताईन् ।

नाला निर्माणका क्रममा पनि सडक भन्दा निकै गहिरो बनाईएको भन्दै बिरोध भएको थियो । प्रधानाध्यापक पाण्डेले नालाकै कारण अहिले मुल गेट बन्द गरेर पछाडी भित्ता फुटाएर ओहोर–दोहोर गर्ने गरेको बताईन् ।

स्थानीय धना देवी चोखालले डुवानको समस्या हट्ने आशामा नाला निर्माण गरिएको भएपनि अहिले नालाकै कारण झन समस्या बढेको बताईन् । उनले नालामा प्राविधिक त्रुटि भएको भनेर पटक–पटक नगरपालिकामा जानकारी गराए पनि कसैले पनि वास्ता नगरेको बताईन ।

raunak fals and silling

‘आफ्ना कुरा कसैले सुनेनन्’ निर्माण अगावै उपभोक्ता समितिको कोषाध्यक्ष पदबाट राजिनामा दिएकी चोखालले भनीन् ‘कसैले कुरा नसुनेपछि आफू दोषको भागिदार हुनु भन्दा राजिनामा दिए ।’

स्थानीयले नाली निर्माण गरिएपनि नालीमा बग्ने पानीको निकास पनि गर्नुपर्ने बताएका छन । स्थानीय हरिस पन्तले चारैतिर बन्द भएको बिचमा टुक्रो नाला बनाएर बजेटको दुरुपयोग गर्ने काम भएको बताए ।

नाली निर्माण समितिका अध्यक्ष डम्बर साउँदले आफूले नगरपालिकाले दिएको स्टमेट अनुसार काम गरेको बताए । नालीको अन्तिम भागमा भने बढी गहिरो भएको स्विकार गर्दै उनले पानी भिरालोमा बग्न सहज होला भनेर त्यस्तो गरिएको बताए ।

‘स्टमेट अनुसार काम भएपनि नालीको अन्तिम भागमा निकास बन्द भएर अहिले समस्या आएको हो’ उनले भने ‘नालामा पानी निकासका लागि थप खोला सम्म नाला निर्माण गरिनुपर्ने छ ।’

सामान्यतया नाला निकासको भाग देखि निर्माण गरिने भएपनि उल्टो दिसाबाट काम गरिदा समस्या देखिएको छ । उक्त नाला गोदावरी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को २० लाख बजेटमा निर्माण गरिएको थियो ।

नाला अत्तरियाको पहाड रोड देखि करिब १ सय मिटर भित्र रहेको न्यू पोखरा होटलबाट समता स्कुल सम्म निर्माण गरिएको छ । जुन नालाको दुवैतिर अन्य नाला जोडिएका छैनन् । नाला सडक भन्दा निकै गहिरो बनेका कारण पानी जमेर देखिदैन ।

 

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.