सडकमै मर्छन छाडा चौपाया, व्यवस्थापनका लागि यस्ता छन गोदावरीका योजना

अत्तरिया – सडकमा छोडिएका छाडा चौपायाको समस्या बर्षौ पुरानो हो । समस्या पुरानै भएपनि यसका बिषयमा हुने बहस भने हिजोआज कम सुनिन्छ । हालै सम्पन्न स्थानीय चुनावका बेला यो बिषय चर्चामा आएपनि पुनः सेलाएजस्तै बनेको छ । तर, बहस र भाषणमा यसले प्राथमिकता कम पाएपनि समस्या भने ज्युँ का त्यु छ ।

maya metro hospital

अहिले पनि छाडा पशु चौपायाका कारण न किसानको हैरानी अन्य भएको छ, न सडकमा हुने दुर्घटना रोकिएका छन । सुदूपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार एक बर्षको अवधिमा सुदूरपश्चिममा भएका सवारी दुर्घटनामा मात्रै ३१ छाडा पशु चौपायाले ज्यान गुमाएका छन । सो अवधिमा १० छाडा चौपाया घाइते भएका छन ।

सुदूपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया प्रमुख प्रबिण धितालले छाडा पशु चौपाया व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । उनले यसको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएपनि उपलब्धि हुन नसकेको बताए ।

attariya hospital

‘यसका लागि हामीले पनि स्थानीय निकाय संग निरन्तर समन्वय गरिरहेका छौ । यसको व्यवस्थापनको जिम्मेवारीनै नै स्थानीय तहलाई छ’ उनले भने ‘हामीले पुराना जनप्रतिनिधिलाई भन्दा भन्दा थाकिसकेका छौ । अब नयाँ जनप्रतिनिधिहरु संग कोडिनेसन गरिरहेका छौ ।’ उनले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ मा छाडा पशु चौपाया व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिइएको बताए । उनले अहिले अत्तरिया धनगढी सडक खण्डमा छाडा चौपायाको समस्या कम देखिए पनि पुर्व–पश्चिम राजमार्गमा भने समस्या झन बढेको बताए ।

छाडा पशु चौपायाको समस्या सामाधानका लागि यस क्षेत्रका बिभिन्न स्थानीय तहहरुले आ– आफ्नो तरिकाले नीति बनाएर व्यवस्थापनको प्रयास गरेका भएपनि सफलता भने हात लाग्न सकेको छैन । यता अत्तरिया बजार क्षेत्रमा रहेका छाडा चौपायाका लागि गोदावरी नगरपालिकाको पहिलो स्थानीय सरकारले पनि थुप्रै योजना अगाडी सारेपनि छाडा चौपायाको पुर्ण व्यवस्थापन भने हुन सकेको छैन ।

तत्कालिन स्थानीय सरकारले नगर भरीमा ८ जना हेरालु राखेर समेत छाडा चौपायाको व्यवस्थापन गर्ने प्रयास गरेको थियो । तर, अहिले पछि अत्तरिया बजार क्षेत्रमा छ्यापछ्याप्ती छाडा गाईगोरु देखिन छोडेका छैनन् ।

गोदावरी नगरपालिकाको स्थानीय तहमा आएको पहिलो सरकारको ५ बर्षे कार्यकालमा यसको व्यवस्थापन हुन नसके पनि नयाँ निर्वाचित भएर आएका जनप्रतिनिधिले पुनः यसको व्यवस्थापन गर्ने भन्दै नयाँ योजना अगाडी सारेका छन । नगरपालिकाका नगरप्रमख बिरेन्द्र भट्टले अब यसको दिगो व्यवस्थापन हुने गरी योजना बनाएर अगाडी बढीरहेको बताए । उनले छाडा गाइगोरु व्यवस्थापनका लागि पब्लिक पार्टनरसिप मोडेलमा काम गरिने बताए ।

‘छाडा गाईगोरु व्यवस्थापनका लागि विगतमा पनि करोडौं पैसा खर्च भइसकेको छ’ उनले भने ‘अब यो नगरपालिकाले मात्रै नभएर निजी क्षेत्रलाई पनि सहभागि गराएर वन संग समन्वय गर्ने सोच बनाएका छौ ।’ उनले निजी क्षेत्रसंग समन्वय गरेर छाडा चौपायाको सकेसम्म नगरपालिकाको एकै ठाउँमा व्यवस्थापन गर्ने योजना बनाएको बताए । उनले यसका लागि निजी क्षेत्रले पनि चासो देखाएको र, सोहीअनुसार नगरपालिकामा प्रस्ताव पनि आएको बताए । उनले छाडा चौपायाका लागि प्रयाप्त चरनको व्यवस्था हुने ठाउँमा यसको व्यवस्थापन गर्ने सोच बनाएको बताए ।

छाडा चौपाया व्यवस्थापनका लागि चालु आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको छ । छाडा चौपायाका लागि विगतमा पनि बिभिन्न मोडल बनाएर काम अगाडी बढाइएका थिए । तर, ति मोडलका नाममा बजेट मात्रै सक्ने र समस्याको दिर्घकालिन सामाधान नहुँदा अहिले पनि यसको व्यवस्थापन झन–झन चुनौती पुर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.