कांग्रेस सुदूरपश्चिमका १२ पालिकामा जित दोहार्‍याउन असफल

अत्तरिया – नेपाली कांग्रेसले सुदूरपश्चिमका २९ पालिका जितिसकेको छ । यस वर्ष स्थानीय तहमा सर्वाधिक ठूलो दल भएको कांग्रेसले पहिले जितेका कतिपय स्थान भने गुमाएको छ । हालसम्म गणना भएका आधारमा अघिल्लोपटक निर्वाचित भएर यसपटक कांग्रेसले गुमाएका पालिका संख्या १२ छ । कतिपय स्थानमा मतगणना जारी रहेकाले यो संख्या थप बढ्न पनि सक्ने देखिएको छ ।

maya metro hospital

बाजुरामा हिमाली, बडिमालिका, छेडेदह, बुढीगंगा र त्रिवेणीमा कांग्रेस अघिल्लो निर्वाचनमा मुख्य दुई पदमै निर्वाचित भएको थियो । हिमाली र त्रिवेणीमा कांग्रेस निर्वाचित भएको छ । अन्य तीन पालिकामा भने पराजय भएर तीन सिट कांग्रेसले घटाएको छ । बडिमालिका, छेडेदह, बुढीगंगामा पराजित भएको छ ।

joshi vada pasal 2

बझाङमा अघिल्लो चुनावमा कांग्रेसले काँडा, बुंगल र सूर्मा पालिकामा प्रमुख र उप प्रमुख दुवै पद जितेको थियो । बुंगल नगरपालिका र सूर्मा गाउँपालिकामा कांग्रेसको जित अहिले पनि यथावत छ ।

दार्चुलाका चार पालिकामा यसअघि प्रमुख र उपप्रमुख जितेको ठाउँमा कांग्रेसले यसपटकै सबैलाई बचाउन सकेन । व्यास, दुहु, महाकाली, शैल्यशिखरमा जितलाई कायम राख्न नसक्दा सुदूरपश्चिममा सर्वाधिक क्षति दार्चुलामा भोगेको छ ।

वैतडीमा यसअघि पाटन, दशरथ र मेलौलीमा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । पाटनमा जितको निरन्तरता पाएको कांग्रेसले दशरथ र मेलौलीमा पराजय भोगेको छ ।

डडेल्धुरामा यसपटक कांग्रेसले थप शक्ति बढाएको छ । यसअघि जितेका भागेश्वर, परशुराम, आलिताल, गन्यापधुरामा विजयलाई कायम राख्दै एमालेले जितेका स्थानमा खोस्न सफल भएको छ । डोटीका तीन पालिकामा अघिल्लो पटक प्रमुख र उपप्रमुख जितेको थियो ।

शिखर, केआई सिंह, बडिकेदार पालिकामा दुवै प्रमुख पद कांग्रेसबाट विजयी भएका थिए । तिनै पालिकाको दुवै पद बचाउन कांग्रेस सफल भएको छ ।

अछाममा कमल, ढकारी, तुर्माखाँद र पञ्चदेवल विनायक नगरपालिकामा यसअघि कांग्रेसले प्रमुख दुई पदसहित विजयी भएको थियो । कमल, ढकारी र पञ्चदेवलमा विजयीलाई कायम राखेको कांग्रेसले तुर्माखाँदमा पराजय भोगेको छ ।

कैलालीमा धनगढी उपमहानगर र जोशीपुर गाउँपालिकामा कांग्रेसले दुवै पदमा जित निकालेको थियो । धनगढीमा कांग्रेसको प्रमुख पदका उम्मेदवार पराजित हुने अवस्थामा छन् । जोशीपुर पालिकाका दुवै प्रमुख पद कांग्रेसले गुमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.