अत्तरिया – १२२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा धनगढीमा र्याली निकालिएको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरी सँग हामी’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीको आयोजनामा र्यालीको आयोजनामा गरिएको हो ।

र्याली ट्राफिक चौराहा देखि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय सम्म निकालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

र्यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का लगायत राज्यमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समुहका पदाधिकारीहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
यस बर्ष ‘सामाजिक न्याय र महिला समानताः दिगो विकासको सुनिश्चितता’ नाराका साथ अन्तराष्ट्रिय महिला दिवस मनाइदै छ ।



















