बझाङ – सेती नदीबाट वर्षापम्पको सहयोगले थलारा गाउँपालिका–९ खानी गाउँमा सिञ्चाइ सुविधा पु¥याइएको छ । युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा पम्प जडान गरिएको हो ।

तरकारी खेतीलाई लक्षित गर्दै सिर्जना परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाँउभन्दा तल रहेको सेती नदीको पानी माथि गाउँमा ल्याइएको हो । गाउँमा सिञ्चाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन् ।

सिञ्चाइको लागि पानी पाएपछि स्थानीय हर्षित भएका छन् । यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो । नेदरल्याण्डमा बस्ने एकजना नेपालीले ल्याएको हो । यसलाई पानीको सहमा राखिन्छ ।
यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ । यो मेसिनबाट २० मिटर भर्टिकल उचाइ सम्म र २ किलोमिटर होरिजेन्टल सम्म पानी पठाउन सकिन्छ ।

















