खाेज्नुहाेस

धनगढीले भेरोसेल खोप लगाउने कार्यतालिका सार्वजनिक गर्‍यो, गोदावरीमा पत्र नै आएन

Image

धनगढी – धनगढी उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको (भेरोसेल) खोपको दोस्रो डोज असार २२ गते देखि लगाइने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै धनगढीका १० स्थानबाट भेरोसेल खोपको दोस्रो डोज लगाइने जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर चन्दले जेठ २५ गते देखि सुरु भएको खोप अभियानमा सहभागिलाई दोस्रो डोज लगाईने बताएका छन ।

attariya hospital

खोप कार्यक्रम अन्तरगत असार २२ र २३ गते धनगढीको कभर्ड हल, असार २२ गते शारदा मावि वैयावेहणी, जनता मावि वडा नम्बर ३, पञ्चोदय मावि वडा नम्बर ५, राष्ट्रिय तुलसी मावि वडा नम्बर ४, वेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, फुलबारी स्वास्थ्य प्रबद्र्धन केन्द्र, फूलबारी स्वास्थ्य चौकी, उर्मा स्वास्थ्य चौकी, घोड्सुवा शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ८ कार्यालयमा लगाईने छ ।

navjiwan hospital

नगरपालिकाले जारी गरेको सूचनामा खोप लगाउन आउँदा अनिवार्य रुपमा पहिलो भेरोसेल खोप लगाएको कार्ड ल्याउन भनिएको छ ।
गत जेठ २५ गते देखि नै भेरोसेल खोप लगाइएको गोदावरी नगरपालिकामा भने दोस्रो डोज कहिले लगाईने भन्ने बारे टुङ्गो लागेको छैन ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जिल्ला स्वास्थ्य कार्यालयबाट खोप लगाउने बारेमा कुनै जानकारी नआएको बताए ।

जेठ २५ देखि २७ गते सम्म नगरपालिकाले भेरोसेलको पहिलो डोज लगाएको थियो । जसमा ६० देखि ६४ बर्षका जेष्ठ नागरिक, पहिलो खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, बैंकका कर्मचारी सहभागि भएका थिए । गोदावरीमा भेरोसेलको पहिलो डोज ८ सय जनाले लगाएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

उता जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने जिल्लाका सबै स्थानिय तहमा असार २२ गते देखिनै दोस्रो डोज लगाइने बताए ।

उनले अहिले जिल्ला समन्वय समितिबाट निर्णय गराउन बाँकी रहेकाले सबै स्थानिय तहमा आधिकारीक पत्र नदिइएको बताए । ‘समन्वय समितिबाट निर्णय भएपछि सबै स्थानीय तहमा पत्र जानेछ । खोप २२ देखि नै सुरु हुन्छ’ उनले भने ।