उचित परामर्शले जोगाउन सक्छ आत्महत्या

अत्तरिया – आत्महत्याका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन । इलाका प्रहरी कार्यालय (ईप्रका) मालाखेतीको पछिल्लो १ बर्षको मात्रै तथ्याङ्क हेर्ने हो भने यसको भयावह चित्र देखिन्छ । कैलालीका गोदावरी नगरपालिका, गौरीगगंगा नगरपालिका र चुरे गाउँपालिकाको तथ्याङ्क राखेको इप्रका मालाखेतीमा १ बर्षमा ४९ जनाले आत्महत्या गरेका छन । उक्त तथ्याङ्क केलाउँदा ३ पालिकामा मात्रै ७ दिनमा १ जनाले आत्महत्या गरेको देखिन्छ ।

maya metro hospital

ईप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्रराज पाण्डेले झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै रहेको बताए । उनले अधिकांस आर्थिक अवस्था कमजोर भएर, व्यापार व्यवसायमा घाटा भएर, पीडा सहन नसकेर, चेतनाको स्तर कमजोर भएर, कुनै गल्ती ढाकछोप गर्न आत्महत्या गर्ने गरेको बताए ।

उनले आत्महत्या नियन्त्रणका लागि प्रहरीले पनि काम गरिरहेको भएपनि पर्याप्त हुन नसकेको बताए । ‘प्रहरीले चेतनामुलक कार्यक्रम गरिरहेको हुन्छ । तर, प्रहरीका कार्यक्रममा बिशेष गरेर लागुऔषध, घरेलु हिसां, महिला हिंसा सम्बन्धिमा बढी जोड दिइएको हुन्छ’ उनले भने ‘यसको लागि सबै क्षेत्रबाट जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक छ ।’

attariya hospital

कैलालीको नोभा अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डा. राम प्रसाद लामिछानेले आत्महत्याको प्रयास गर्ने मान्छले कुनै फरक व्यवहार देखायो भने मनोरोग विशेषज्ञको परामर्स लिन आवश्यक रहेको बताए ।

‘यस्ता मान्छेले मनमा धेरै कुरा राखेका हुन्छन । यस्ता कुरा खोतल्ने प्रयास गर्नु पर्छ । मान्छेले मनका कुरा भन्न पाएमा उसको मन हलुका हुन्छ । यसमा परिवारको सहयोग अति आवश्यक छ । परिवारले चनाखो भएमा धेरै आत्महत्याका घटना बाट जोगाउन सकिन्छ’ उनले भने ‘मानसिक रोग सबन्धि सामान्य लक्षण देखिदा पनि चिकित्सकको परामर्स लिन आवश्यक छ तर, हाम्रोमा पागल मान्छेलाई मात्रै चिकित्सककोमा देखाउने चलन छ ।’

उनले डिप्रेसन, मानसिक आघात, बायोपोरल डिसअडर, साइकोसिस जस्ता मानसिक रोगी हुने भएकाले यसबाट जोगिन चिकित्सकको परामर्स लिएर अगाडी बढे धेरैको ज्यान जोगाउन सकिने बताए ।

‘साइकेटिक्स समस्याका बारेमा धेरैलाई जानकारी छैन । यस्ता समस्या भएमा मनोरोग विशेषज्ञलाई देखाउनै पर्ने हुन्छ’ उनले भने ‘अहिले बिस्तारै यसमा चेतना बढ्दै गएको छ ।’

उनले आत्महत्या गर्ने धेरै कारण हुने बताए । ‘जिन्दगी सकीयो भन्ने सोच आएर मान्छे योजना नै बनाएर आत्महत्या गर्न पुग्छन । कुनै लागुऔषध खाने मान्छेले पनि कुनै कुरा मनमा आएर आत्महत्या गर्न सक्छन’ उनले भने ‘कुनै मान्छेको छिटो रिसाउने बानीका कारण पनि आत्महत्या गर्न पुग्दछ ।’

उनले अधिकांस आत्महत्या गर्ने मान्छेले त्यसअघि कुनै न कुनै संकेत दिने गरेको बताए । ‘आत्महत्या गर्ने मान्छले मरेपछि कस्तो संसार होला ? मर्न मन लागेको छ भन्ने हिन्ट्स दिइरहेका हुन्छन । यस्ता मान्छेले आफूसंग भएका सबै सामान अरुलाई दिने पनि गर्न सक्छन’ उनले भने ‘एक चोटी आत्महत्या गर्ने प्रयास गरेर बाचेको मानिसले दोस्रो चोटी आत्महत्या गर्ने सम्भावना धेरै नै हुन्छ ।’

यस्ता मान्छले विशेष गरी एक हप्ताअगाडि देखि नै राम्ररी नसुत्ने, अलि उदास भएजस्तो देखिने, एकान्तमा बस्ने, पहिले जस्तो काम गर्ने इच्छ्या नदेखाउने, आफूले आफैंलाई घृणा गर्ने, आफ्नो जीवन अर्थहीन भएको महशुस गर्ने मनोविमर्शकर्ताले बताउने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.