सुदूरपश्चिममा एक बर्षमा ५ करोड ४१ लाख राजश्व संकलन, १९६ जनाको मृत्यु
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा १ बर्षको अवधिमा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्राफिक प्रहरीले सवारी कारबाही बाफत आर्थीक बर्ष २०७८/७९ मा उक्त राजश्व संकलन गरेको हो । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा ९७ हजार १ सय ९ सवारी साधनमाथि कारवाही गरिएको छ ।
जसमा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन । १ बर्षको अवधिमा ३५ हजार ४ सय २५ मोटरसाइकल कारवाही गरी २ करोड २ लाख ६९ हजार ५ सय राजश्व संकलन गरिएको छ । त्यस्तै १ बर्षको अवधिमा २३ हजार ९४८ जीप कार कारवाहीमा परेका छन । जसबाट १ करोड २८ लाख ५४ हजार राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सो अवधिमा १५ हजार १३६ ट्रक कारवाहिमा परेका छन । जसबाट ८६ लाख ४० हजार राजश्व संकलन गरिएको छ । १ बर्षको अवधिमा ४ हजार २३४ बस कारवाहीमा परेका छन जसबाट २३ लाख ७० हजार राजश्व संकलन भएको छ । प्रदेश ट्राफिक कार्यालयका अनुुसार ५ हजार ४६९ अन्य सवारी साधन कारवाहीमा परेका छन । जसबाट २९ लाख ८७ हजार राजश्व संकलन भएको छ ।
आर्थीक बर्ष २०७७/७८ मा ट्राफिक प्रहरीले ७९ हजार ८९ सवारी साधन कारबाही गरी ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन गरेको थियो भने आर्थिक बर्ष २०७६/०७७ मा ५६ हजार १ सय ५३ सवारी कारवाहीमा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको थियो ।
१९६ जनाको मृत्यु
प्रदेशमा एक बर्षको अवधिमा भएका सवारी दुर्घटनामा परेर १९६ जनाको मृत्यु भएको छ । आर्थीक बर्ष २०७८/७९ मा ६ सय ७३ सवारी साधन दुर्घटनामा परेर १ सय ९६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १५३ जना पुरुष, २७ जना महिला र १६ जना बालबालिका रहेका छन । सो अवधिमा ३ सय ५६ मोटरसाइकल, १ सय ३ जीप कार, ६० ट्याक्टर, ३२ ट्रक ट्याङ्कर, ३१ बस, २४ टेम्पो, १० टिपर, ४ माइक्रो, ३ डोजर लोडर, ३१ साना सवारी र १० अन्य सवारी साधन दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सो अवघिमा भएका सवारी साधन दुर्घटनामा परेर ३ सय ९५ मम्भिर र ६ सय ६ जना साधारण घाइते भएका छन । गम्भिर घाइते हुनेमा २ सय ८३ पुरुष, ७३ महिला र ३९ बालबालिका रहेका छन । त्यस्तै सामान्य घाइते हुनेमा ४ सय १७ पुरुष, १३९ महिला र ५० बालबालिका रहेका छन । प्रदेशमा आर्थीक बर्ष २०७७/७८ मा ७ सय ८३ सवारी साधन दुर्घटनामा परेर १ सय ८७ जनाको मृत्यु भएको थियो । सो अवधिमा १ हजार ९६ जना घाइते भएका थिए । आर्थीक बर्ष २०७६/७७ मा ३ सय ८६ सवारी साधन दुर्घटनामा परेर १ सय ४३ जनाको मृत्यु भएको थियो ।
१ बर्षको अवधिमा ३१ चौपायाको पनि मृत्यु भएको छ । राजमार्गमा भएका सवारी दुर्घटनामा परेर ३१ चौपायाको मृत्यु भएको हो भने १० चौपाया घाइते भएका छन ।